Under Featured Image in News Page
sahara

पोखरा(खेलाडी न्युज) –अन्तरमाध्यमिक भलिबल प्रतियोगिताको उपाधि भद्रकाली मावि कुँडहरले जितेको छ । नेपाल जापान एजुकेशनल सपोर्ट क्लवको प्रायोजन र सिद्ध मावि पोखरा १५ फलेपाटनको आयोजनामा भएको प्रतियोगिताको फाईनलमा हावर्ड एकेडेमीलाई पराजित गर्दै प्रथम भएको हो । आयोजक सिद्ध मावि तृतीय भएको छ । उपाधि सँगै भद्रकालीले नगद २५ हजार, हार्वडले १५ हजार र सिद्ध माविले रु १० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

भद्रकालीका सुजन विकले सुजन विकले वेस्ट प्लेयर, भद्रकालीकै थमन गुरुङले वेस्ट सेटर र हार्वड एकेडेमीका हरि गुरुङले वेस्ट स्पाइकरको उपाधिसहित नगद रु दुई । दुई हजार प्राप्त गरेका छन् । समापन समारोहमा खेल प्रायोजक जापानिज नागरिक किम्जो यामासिता फुसिमा आसाइलाई दोेसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । रेफ्री द्धय लिल गुरुङ र अनिल गुरुङलाई मायाको चिनो तथा विद्यालयका खेल प्रशिक्षकहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, विशेष अतिथि वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेल कार्यक्रम संयोजक गोविन्द गिरि, जापान एजुकेशनल सपोर्ट क्लवका अध्यक्ष किम्जो यामासितालगायतले खेलाडीलाई पुुरस्कार वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here