पोखरा(खेलाडी न्युज)—मोहम्मद रसिद खानले विश्वकप छनोट अन्तर्गत सबैभन्दा कान्छो कप्तान बन्ने सौभाग्य पाउँदा अन्तराष्ट्रिय क्रिकेटको एक दिवसियमा किर्तिमान उनको नाममा लेखिएको छ । १९ वर्ष १६५ दिनका खान वान डे इन्टरनेशनलमा सबैभन्दा कम उमेरमा कप्तानी सम्हाल्ने सूचीमा किर्तिमान बनेको हो । उनले १४ वर्षपछि सबैभन्दा कम उमेरको कप्तान बन्ने सौभाग्य पाएका हुन् । १४ वर्ष अघि सबैभन्दा कम उमेरमा कप्तानी सम्हाल्ने किर्तिमान भने बंगलादेशी खेलाडी रजिन सलाहको नाममा थियो ।

खान वान डे इन्टरनेशनल र टी-२० मा शीर्षस्थानका बलर समेत हुन् । स्कटल्याण्ड विरुद्ध मार्च ४ २०१८ मा अफगानिस्तानको कप्तानी सम्हालेका रसिद खानले भने किर्तिमानलाई सुखद भने पाउन सकेनन् । अफगानिस्तान स्कटल्याण्डसँग विश्वकप छनोट अन्तर्गत स्कटल्याण्डसँग सात विकेटले पराजित भएको थियो ।

अफगानिस्तानले स्कटल्याण्डलाई जितको लागि २५६ रनको लक्ष्य दिएको थियो । स्कटल्याण्डले ४७ ओभर २ बलमा तीन विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । कलुम म्याकल्याडले १५७ रनको पारी खेलेपछि स्कटल्याण्डले सहजै लक्ष्य पुरा गरेको थियो । रिच ब्रिङटनले ६७ रनको योगदानमा कलुमसँग २०८ रनको साझेदारी गरेका थिए । अफगास्तिानका नावीले ९२ र नजीवुुल्ला जादरानले ६७ रनको महत्वपूर्ण योगदान दिएका थिए ।

खान भन्दा अघि सबैभन्दा कम उमेर अन्तराष्ट्रिय क्रिकेटमा कप्तानी सम्हाल्ने बंगलादेशी खेलाडी रजिन सलाह थिए । उनले २० वर्ष २९७ दिनको उमेरमा दक्षिण अफ्रिका विरुद्ध टिमको कप्तानी सम्हालेका थिए । उनले सन २००४ सेप्टेम्बर १२ मा दक्षिण अफ्रिका विरुद्धको खेलमा टिमको नेतृत्व लिएको आईसिसीको तथ्यांकले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here