Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता मार्फत अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा डेब्यु गरेको माल्दिभ्सलाई १० विकेटले पराजित गर्ने क्रममा नेपाली महिला टोलीले पोखराको मैदानमा सोमबार दुई किर्तिमान बनाएको छ । नेपालका लागि अन्तराष्ट्रिय खेलमा डेब्यु गरेकी अन्जली चन्दले अन्तराष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नयाँ किर्तिमानी बनाउँदा नेपालले ५ बलमै जित निकाल्दै अर्को विश्व किर्तिमानी बन्न पुग्यो । अन्जलीसँगै सरस्वती कुमारीले पनि साग मार्फत अन्तराष्ट्रिय टी–२०मा डेब्यु गरेकी थिईन् ।

पोखरा रंगशालास्थित क्रिकेट महिला क्रिकेटमा पहिलो अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न आईपुगेको माल्दिभ्स टोलीलाई अनुभवी नेपाली टोलीले सस्तैमा पभेलियनको बाटो देखायो । लेफ्ट स्पीनर(अर्थोडक्स) अन्जलीले २.१ ओभर(१३ बल) मात्रै फ्याँक्ने क्रममा दुई मेडन राख्दै ६ विकेट लिईन् । यो अन्तराष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सबै भन्दा उत्कृष्ठ स्पेल(बलिङ) हो ।

टस जितेर व्याटिङमा उत्रिएको माल्दिभ्सले पोखराको मैदानमा १०.१ ओभर मात्रै खेल्न पुग्यो । ८ खेलाडी डक आउटको शिकार भए । दुई व्याट्स वुमनले मात्रै खातामा स्कोर चढाए । ओपनर हाम्जा नियाजले गतिलो शुरुवात गर्न खोजिन् । ११ बल खेल्दै २ चौका हिर्काउँदै ९ रनमा खेल्ने क्रममा रनआउटको शिकार बनिन् । अर्की ओपनर साजा फाथीमाथ भने एक बल खेल्दै रन लिन खोज्दा रनआउट भएपछि सस्तैमा पभेलियन फर्किन् । तेस्रो विकेटको लागि सुमाया अब्दुलले पनि ६ बल खेल्ने क्रममा शून्य रनमै आउट भईन् । उनलाई करुण भण्डारीको बलिङमा सीता रानामगरले क्याच आउट गरेकी थिईन् ।

हाप्सा अब्दुल्लाले ४ रन जोडिन् । उनलाई पनि भण्डारीले नै आउट गरेकी थिईन् । बाँकी खेलाडी शून्य रनमै आउट हुदाँ माल्दिम्स १६ रनमा समेटिदैं नेपाललाई १७ रनको लक्ष्य दिएको थियो । नेपाली बलरले ३ रन वाईडको रुपमा फ्याँके । माल्दिभ्स क्रिकेटको लागि दुई दिन अघि मात्रै पोखरा आईपुगेका थियो । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत नै माल्दिभ्सको अन्तराष्ट्रिय डेब्यु खेल थियो ।

१७ रनको कमजोर लक्ष्यलाई नेपालले केवल एक ओभर समेत पुरा खेलेन् । केवल ५ बलमा लक्ष्य प्राप्ती गर्यो । यो पनि नेपालको लागि अन्तराष्ट्रिय क्रिकेटमा विश्व किर्तिमानी रहेको म्याच रेफ्री सत्यजित सरकारले बताए । ओपनिङ स्ट्राईकमा रहेकी काजल श्रेष्ठले ४ चौका हिर्काएपछि सहज जित निस्किएको थियो । साम्मा अलीको पहिलो बललाई काजलले चौका हिर्काउँदा अम्पायरले नो बलको संकेत गरे । अर्को बलमा फेरी उनले चौका हिर्काईन् । काजलले ५ बल खेल्दै ३ चौका हिर्काइन् । ओपनर सीता मगरले भने १ बल मात्रै खेल्ने अवसर पाईन् । नटआउट रहेकी उनले रन भने हिर्काइनन् । बलिङमा २ वाईड, १ नो बल, एक लेगबाई पाएपछि जित सहज निस्कियो । उदघाटन खेलमा अन्जली प्लेयर अफ लि म्याच घोषित भईन् । नेपालले अब अर्को खेल श्रीलंकासँग खेल्ने छ । मंगलबारको खेल बंगलादेश र श्रीलंका बीच हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here