पोखरा(खेलाडी न्युज)-श्री पञ्चमीको अवसरमा आयोजित पर्वतीय दौडको उपाधि गोरखाका कल्यण बानियाँले जितेका छन् । पोखराको लामाचौरस्थित महेन्द्रगुफाबाट शुरु भएको दौड अर्मला कोटमा पुगेर टुंगिएको थियो । बानियाँले दौड ४४ मिनेट १७ सेकेण्डमा पुरा गर्दै नगद १५ हजार राशीको प्रथम पुरस्कार जिते ।

विगतका वर्षहरुमा झैं यो वर्षपनि अर्मलामा पर्वतीय दौड आयोजना गरिएको हो । पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मला गाँउमा १० किलोमिटर पर्वतिय दौडमा ओखलढुंगाका सुभाष कार्कीले ४४ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहे । स्थानीय दुर्गा युवाक्लब अर्मलाकोटको आयोजना सञ्चालित दौडको तेस्रो स्थानमा भने दुर्गाराज बुढाले हात पारे । रुकुमका बुढाले ४४ मिनेट ५७ सेकेण्डको समयमा दौड पुरा गरेका थिए । दौड प्रतियोगितामा ४८ जना विभिन्न जिल्लाका धावकहरुले प्रतिस्पर्धा गरेका थिए ।

क्लबका अध्यक्ष गंगा बहादुर गुरुङका अनुसार दौड प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने खेलाइीलाई क्रमश नगद १५, १० र ५ हजारका साथमा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी अर्मलाकोटमै आयोजित पुरुष भलिबलको उपाधि स्थानीय अर्मला घ्याप्रीखोला टिमले जित्यो । फाईनल खेलमा नदीपुर भलिबल टे«निङ सेन्टरलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो । पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले विजेताले ३५ हजार र द्वितियले २५ हजार रनिङ कप, पदकतथा प्रमाणपत्र प्राप्त गरे ।

दौड र पुरुष भलिबल विजेतालाई नेपाल ओलम्पिक कमिटिका सदस्य तेजबहादुर गुरुङ, भुतपुर्व खेलाडी मन्चका पुर्व अध्यक्ष खड्ग रानाभाट, बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुमप्रसाद गुरुङ लगायतका पुरस्कार प्रदान गरेका थिए ।
पुरुस्कारको प्रायोजन अर्मलाकोट यूके परिवारको मुख्य प्रायोजन र अर्मला विकास मञ्च सह प्रायोजन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here