पोखरा(खेलाडी न्युज)-पोखरा न्युरोडका सुजन शिल्पकारले अष्ट्रेलियामा सम्पन्न शारीरिक सुगठन (फिजिक)अन्तर्गत आइसिएन वल्र्ड च्याम्पियनसिप, २०१९ मा गोल्ड मेडल जितेका छन् ।

अष्ट्रेलियाको लन्चेस्टन बस्दै आएका ३४ वर्षिया सुजनले मेलबर्नमा आयोजित आइसिएन वल्र्ड च्याम्पियनसिपको अण्डर ७२ केजी तौल समुहमा उपाधि जितेका हुन् । उनले खुल्ला समुहमा भने कास्य मेडल प्राप्त गरे । प्रतियोगितामा १५ देशका प्रतियोगीहरुलाई पछि पार्दै उनले आफनो तौल समूहमा स्वर्ण पदक जितेका हुन् । प्रतियोगितामा खुल्ला समुह तर्फ नेपाल सहित १६ देशका खेलाडिहरुको सहभागिता थियो ।

प्रतियोगीताको उमेर समुहमा उपाधी जिते पछि सुजनले खुशी व्यक्त गरेका छन् । उनले अष्ट्रेलियामा रहेर पनि नेपाललाई प्रतिनिधित्व गर्दै उपाधी हात पारेर नेपाललाई विश्व सामु चिनाउन पाउँदा खुसी लागेको बताए । कडा मेहेनत र परिश्राम कै कारण उपाधी जित्न सकिएको प्रष्ट पारे । रक्षा गर्न सफल भएको । उमेर समुहको उपाधीसंगै नेपाल आइसिएनमा पाचौँ स्थानमा पुगेको छ । सुजनले यस अघि अष्ट्रेलियाको तास्मानिया क्षेत्रको लन्चेस्टनमा आयोजित ‘आइ कम्पिट नेचुरल बडी फिटनेस’ नामक प्रतियोगितामा दुई स्वार्ण जित्दै वल्र्ड च्याम्पियनसिपमा भाग लिने अवसर प्राप्त गरेका थिए । उनी अष्ट्रेलियाको क्षेत्रीयस्तरको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने पहिलो नेपाली समेत बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here