पोखरा(खेलाडी न्युज)-आईरिस गल्फर सेन लरीले नर्दन आयरल्याण्डमा आयोजित ओपन च्याम्पिनसिप गल्फको उपाधि जितेका छन् । रोयल पोर्टस गल्फ क्लबमा आयोजित प्रतियोगिताको अन्तिम दिन एक ओभर ७२ को कार्ड बनाएपनि उनले ६ स्ट्रोकको अग्रतासँगै १५ अण्डर २६९ को कार्ड बनाउँदै उपाधि जिते । अन्तिम दिन उनले फ्रन्ट नाईन लेभर पार खेल्ने क्रममा पहिलो होलमा बोगी खेप्दै शुरु गरेका थिए ।

चौथो ,पाँचौ र सातौंमा बर्डी हिर्काउँदै गतिलो शुरुवात देखाउने छनक देखाए, तर आठौं र नवौंमा फेरी बोगी खेपेपनि लेभर पारको स्थितिमा टुंगिए । व्याक नाईनमा पनि ११ औं र १४ औं होलमा बोगी खेपेपछि तनावमा रहे यद्यपी १५ मा बर्डी हिर्काउँदै खेलमा कमब्याक गर्ने सम्भावना देखाएपनि अन्तत एक अण्डर ७२ को कार्ड बनाउँदै टुग्याए ।

दोस्रो स्थानमा भने इग्ल्याण्डका गल्फर टमी प्mिलटउड भने ९ अण्डर २७५ को कार्ड बनाउँदै उपविजेतामा चित्त बुझाए । उनले अन्तिम दिन खराब लयमा रहे । ३ ओभर ७४ को कार्ड बनाएपनि अघिल्ला दिनको खेलले उपविजेताको हकदार बनायो । अन्तिम दिन उनले व्याक नाईनको १४ औं होलमा डबल बोगी खेपे । जसले उनलाई अन्तिम दिनको खेल सन्तोषजनक रुपमा टुग्याउन सकेनन् । पहिलो दिन ३ अण्डर, दोस्रो राउण्डमा चार अण्डर, तेस्रो राउण्डमा ५ अण्डर खेलेका थिए ।

प्रतियोगिताको तेस्रोा स्थानमा अमेरिकन गल्फर टोनी फिनाउ आईपुगे । टोनी टमी भन्दा दुई स्ट्रोकले पछि पर्दै तेस्रो स्थानमा खुम्चिए । उनले चौथो राउण्डको समाप्तीसँगै ७ अण्डर २७७ को कार्ड बनाए । अन्तिम दिनमा उनले लेभल पार ७१ को स्कोरमा रहे । उनले फ्रन्ट नाईनमा दुई अण्डर खेल्दा व्याक नाईनमा दुई बोगी खेप्दै लेभल पारमा टुग्याउँदै तेस्रो स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here