पोखरा(खेलाडी न्युज)-कास्की लिग विजेता आर्दश युवा क्लब एक खेल अगावै सेमीफाईनल प्रवेश गरेको छ । प्रदेश लिग कमिटिको आयोजनामा पोखरा–२९ भण्डारढीक खेलमैदानमा आयोजित गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगितामा शतप्रतिशत नजिता निकाल्दै अन्तिम चारमा प्रवेश गर्यो । बिहीबारको प्रतिस्पर्धामा आर्दश क्लब पोखराले मनाङको डाँफे क्लबमाथि ७–२ को फरालिको गोल अन्तरले पराजित गर्दै समूह एको शीर्ष स्थानमा रहँदै एक खेल अगावै सेमिफाईनल सुरक्षित बनाएको हो ।

आर्दशको प्रभावशाली जितमा सुरेमान थापामगरले ह्याट्रिक पुरा गरे । उनको व्यक्तिगत चार गोल गरेपछि सहज जित आत्मसात गरेको आर्दशका लागि थप तीन गोल भने दुई खेलाडीको नाममा रह्यो । थापाले पहिलो गोल ८ औं मिनेटमा गर्दै अग्रता दिलाए । तर उनले आफनो ह्याट्रिक भने खेलको दोस्रो हाफमा मात्रै पुरा गरेका थिए । खेलको १६ औं मिनेटमा अजय श्रेष्ठले व्यक्तिगत पहिलो र टिमको लागि दोस्रो गोल गर्दै डाँफे माथि दबाव सृजना गरे ।

पहिलो हाफ हुनु अघि नै श्रेष्ठले व्यक्तिगत दोस्रो गोल थपे । उनले ४१ औं मिनेटमा गोल गरेका थिए । थापाले दोस्रो गोल ४८ औं मिनेटमा सम्भव बनाए । त्यसपछि ६२ औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पुरा गरे । सुमित श्रेष्ठले पनि खाता खोल्ने क्रममा ६८ औं मिनेटमा गोल हिर्काए । थापाकै अन्तिम गोल ७४ औं मिनेटमा लेखियो । एक पछि अर्को गोलको सामना गरेपनि मनाङी क्लब डाँफेले कर्ण गुरुङको ५५ औं मिनेट र सिदार्थ गुरुङको ६० औं मिनेटमा गोल फर्काउँदै दबाव दिने प्रयास भने गरेका थिए ।

म्याग्दी खेलकुद विकास समितिले पनि जित निकाल्ने क्रममा गैडाकोट खेलकुद विकास समिति नवलपुरलाई पराजित गर्यो । एक साता अघि मात्रै पर्वत, म्याग्दी र मुस्ताङ बीचको प्रतिस्पर्धाबाट लिगको लागि छनोट भएको म्याग्दीले पोखरामा पहिलो जित आत्मसात गर्ने क्रममा गैडाकोट माथि ३–१गोल अन्तरले पराजित गरेको थियो । रामबहादुर थापाको गोलबाट अग्रता लिएको गैडाकोटले दोस्रो हाफमा सम्हालिन नसक्दा हारबाट माथि उठन सकेन् । उत्कृष्ट कमब्याक गर्नेक्रममा म्याग्दीले ४६ औं मिनेटमा सन्तोष पुनको गोलसँगै बराबरीमा फर्किएको थियो ।

म्याग्दीका लागि दोस्रो गोल ६७ औं मिनेटमा गर्दै अग्रता लियो । सागर गर्वुजाको गोलसँगै लिएको अग्रतालाई ७२ औं मिनेटमा अझ फराकिलो बन्न पुग्यो । विमल थजालीको गोलसँगै म्याग्दीले गैडाकोटमाथि स्पष्ट जितसँगै ३ अंक जोड्यो । स्याङजाको होराईनल क्लबले बाग्लुङ फुटबल संघमाथि सहज जित निकाल्दै खातामा ३ अंक राखेको छ । शरदकुमार क्षत्रीले ह्याट्रिक पुरा गर्दै बाग्लुङमाथि ४–० गोलको नजिता आत्मसात गर्यो । क्षत्रीले पहिलो हाफम ह्याट्रिक पुरा गर्ने क्रममा २०, २२ र ३९ औं मिनेटमा गोल गरेका थिए । अन्तिम गोल भने ध्रुव घिमिरे गरे । ८९ औं मिनेटमा उनको गोलसँगै स्याङजाको होराईजनले फराकिलो जित निकाल्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here