पोखरा(खेलाडी न्युज)-शुरुवाती दिनमा निकै उत्कृष्ट लय देखाउँदै तीन खेल जितेर एकदिवसिय क्रिकेटमा अविस्मरणीय छाप छोड्न चाहेको इग्ल्याण्डलाई आज घरेलु मैदानमै भारतको चुनौति पन्छाउनुपर्ने दबावमा छ । भारतसँगको पराजयले इग्ल्याण्डको भाग्य अन्तिम खेलले सेमिफाईनलको यात्रालाई निक्र्यौल गर्ने छ । त्यसमा पनि पाकिस्तान पराजित हुनुको विकल्प भने रहदैन् ।

अंक तालिकमा आयोजक इग्ल्याण्ड ८ अंकसहित पाँचौ स्थानमा छ । पाकिस्तानले हिजो अफगानिस्तानलाई पराजित गर्दै ९ अंकसहित चौथो स्थानमा उक्लिएको छ । न्युजिल्याण्ड पनि अष्ट्रेलियासँग पराजित भएपछि केही तनाबमा रह्यो । पाकिस्तानले आठ खेलको समीकरण टुग्याउँदा इग्ल्याण्डले आज भारतसँग आठौं खेल खेल्ने छ । न्युजिल्याण्ड ११ अंक लिदैं अंक तालिकामा तेस्रो स्थानमा छ ।

अष्ट्रेलियालाई पराजित गरेको अवस्थामा न्युजिल्याण्ड एक खेल अगावै सेमिफाईनल सुरक्षित हुने थियो । भारत अहिले निकै फर्ममा छ । त्यसैले पनि इग्ल्याण्डलाई आजको खेल निकै धैर्यतापूर्ण र सुझपूर्ण खेल पस्किनुको विकल्प छैन् । यद्यपी इग्ल्याण्डलाई पराजित गरे भारत पनि एक खेल अगावै सेमिफाईनल सुरिक्षित हुने छ । भारत त्यही लयमा रहने छ ।

भारतको चुनौतिलाई रोक्नुपर्ने दबाव इग्ल्याण्डसँग छ । बेन स्टोक, मोईन अली जस्ता खेलाडीले भारतीय व्याट्सम्यानलाई सस्तैमा आउट गर्नुपर्ने चुनौति एकातिर छ भने भारतीय बलर कुलदिप यादव,जसप्रित बुमराहलाई दबावमा राख्नुपर्ने खाँचो छ । जोन्सन रोय, जोय रुट, इयान मोर्गान लगायतका खेलाडीले घरेलु मैदानमा आफनो साखलाई जोगाई राख्नुपर्ने आवश्यकता छ । विराट कोहली, रोहित शर्मा मात्रै नभई महेन्द्रसिंह धोनीको चलाखीपूर्ण व्याट्ंिगलाई पनि निस्तेज पार्नुपर्ने दबाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here