Under Featured Image in News Page
sahara

पोखरा(खेलाडी न्युज)-दुईसाता अघि मात्रै २४ औं सस्करणको आदर्श कपको उपविजेता बनेको आदर्श युवा क्लबले विष्णुपादुका क्लब हेमजालाई पराजित गर्दै दोस्रो चरणको यात्रा तय गर्दा काजी पोखरीले भने भीमकालि युवा क्लबको चुनौतिलाई कठिन रुपमा पन्छाएको छ ।

शितल ज्योती यूवा क्लबद्वारा पोखराको अमरसिंह चौरमा आयोजित दोश्रो किरण खडका स्मृती सेभेन ए साइड फुटबल प्रतियोगिता सोमबार आदर्श यूवा क्लब भण्डारढिकले विष्णुपादुकालाई ३–० गोलले पाखा लगाउँदै दोस्रो चरण प्रवेश गर्यो । आर्दशको जितमा अर्जुन राना मगरले दुई र संजिब गुरुङले एक गोलको हिर्काए । काजीपोखरीले भीमकाली यूवा क्लबलाई २–१ गोलले पराजित गरेको छ । काजी पोखरीको जितमा मिलन गुरुङ र कृष्ण गुरुङले १÷१ र भिमकालीका तर्फबाट अबिस गुरुङले एक गोल फर्काउँदै प्रतिस्पर्धात्मक बनाएपनि जितको हकदार बनाउनबाट चुके ।

एलजी एशोसियसनले ढुङे साँघु एफसीलाई २–० ले पन्छाउँदै अघिल्लो चरणको यात्रा तय गर्यो । एलजीका लागि रमेश मगर र सुलेमान मगरले गोल गरे । यता एम–१२ क्लबले चापापानीलाई २–१ गोलले पराजित गर्यो । जितका लागि सञ्जय जलारी र अबिनाष तामाङले समान एक–एक गोल गरे भने चापापानीका लागि बिधान कार्कीले एक गोल गरे ।
यसैगरी अर्को खेलमा आयोजक शितल ज्योती यूवा क्लबको चुनौतिलाई भने मिलन टोलले १–० गोलले पन्छाउँदै आयोजकको यात्रालाई विट मार्न लगाए । इन्द्र दुराको गोल निर्णायाक बन्दा आयोजक भने प्रतियोगिताबाट बाहिरिन पुग्यो । काजीपोखरीको चैट–चैट– चैट क्लबले नेपाल मुस्लिमलाई ३–० गोलले पाखा लगायो । चैट–चैट– चैटका लागि खेम गुरुङ, विश्व थापा र तोरण गुरुङले समान एक–एक गोल गरे ।

“समाज निमार्णमा आजका युवा र खेलकुद” भन्ने उद्घोषका साथ असौज १२ गतेसम्म संचालन हुने प्रतियोगितामा बिजेतालाई १ लाख ५० हजार, उपविजेतालाई ८० हजार साथमा शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरिने छ । प्रतियोगितामा करिब ४८ टिमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष सन्तोष गुरुङले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाइ माउण्टेन वाईक प्रदान गरिने छ भने प्रतियोगितामा उत्कृष्ट स्टाईकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई जनही ५÷५ हजारको साथमा ट्रफी मेडल प्रदान गरिने छ । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र वितरण गरिने छ । सेमिफाईनलमा पराजित टिमले समेत जनही १०÷१० हजार प्रदान गरिने भएको सचिव पुर्ण गुरुङले बताए । यसै गरि प्रतियोगिताको प्रथम पुरस्कार क्लवका आजिबन संरक्षक महेन्द्र गुरुङ, दोश्रो पुरस्कारका प्रायोजक किरण खड्काका परिवार तथा विशेष सहयोगी योङ्ग टाइगर गु्रप पोखरा लगायत छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here