Under Featured Image in News Page

काठमाडौं (खेलाडी न्युज)-आर्यन गिरी र इशा श्री शाहले १७ औं जयकर स्मृती राष्ट्रिय टेनिस प्रतियोगिताको यु –१४ तर्फको उपाधी हात पारेको छन् । बिजयी खेलाडीहरुले नगद २५ हजार मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

आईतबार सम्पन्न भएको पुरुष तर्फको फाईनल खेलमा आर्यनले अकी जुवेन रावतलाई ६–४, ६–३ ले पराजित गर्दै उपाधी उचालेका हुन् । यस्तै ईशाले सुभाङ्गी लक्ष्मी शाहलाई ६–४, ६–३ लेनै पराजित गर्दै उपाधी हात पारेकी हुन् । पराजित अकी र सुभाङ्गीले नगद १२ हजार ५ सय प्राप्त गरे । प्रतियोगिताको योङ्गेष्ट पुरुष खेलाडीमा सुजन कुईकेल र महिला तर्फ जु युचेन रहे । उनीहरुले गिफ्ट ह्याम्पर प्राप्त गरे ।

सातदोवाटोस्थित कोर्टमा भएको प्रतियोगिताको पुरुष यु–१२ तर्फको प्रतिस्पर्धामा आयुश्मान हजुर घलेले श्लोक केजर श्रेष्ठलाई ६–२, ६–१ को सेटमा पराजित गर्दै जित हात पारे । उनले नगद २० हजार सहिति मेडल तथा प्रमाण पत्र प्राप्त गरे । यस्तै दोश्रो स्थान प्राप्त गरेका श्लोकले नगद १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । जयकर स्मृती एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष यु–९ तर्फको खेलमा स्पर्श तिमिल्सिनाले बाजी मारे । उनले प्रणभ घिमिरेलाई ४–२, ४–० सेटमा पराजित गर्दै स्वर्ण प्राप्त गरेका हुन् । महिला तर्फ शिभाली गुरुङ्गले बाजी मारिन् । उनले कर्मिष्ठा नुघालाई ८–६, ५–३ ले पराजित गरिन् ।

स्वर्ण हात पार्नेले नगद १० हजार र रजतले ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै यु–८ पुरुष तर्फ प्रणव घिमिरेले संजोग ब्लोनलाई १०–३, १०–६ ले तथा शिभाली गुरुङ्गले आयुशा जि.सी.लाई १०–६, १०–२ मा पराजित गर्दै स्वर्ण हात पारे । प्रणव र शिभालीले नगद ५ हजार र संजोग र आयुशाले नगद २५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । बिजयी खेलाडीहरुलाई उदियमान खेलाडी प्रेरणा कोईराला, एनी माथेमा, एसपी अशोक सिंह, प्रशिक्षक कृष्ण घले, प्रायोजक दीपक कार्की, ओलम्कि कमिटिका निरज श्रेष्ठ र आयुष जोशी लगायतले पुरस्कार वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here