एजेन्सी-इग्लिस प्रिमियर लिगसँगै एए स्पोर्टसले फिफाको नियमानुसार ए स्पोर्टस प्रतियोगिता शुरु गर्ने तयारी गरेको छ । प्रतियोगितामा इग्लिस प्रिमियर लिगमै रहेको २० क्लबले सहभागिता जनाउन पाउने छन् । आगामी सन २०१९ मार्चमा फाईनल गर्ने गरी प्रतियोगिता शुरु गरिने एशोसियट प्रेसले जनाएको छ ।

प्रतियोगिताको लागि डिसेम्बर ३ देखि दर्ता फार्म खुल्ला हुने समेत जनाइएको छ । प्रतियोगिता जनवरी २०१९ देखि शुरु हुने छ । प्रत्येक क्लबले खेलाडीलाई समावेश गर्न सक्ने छ ।१६ वर्ष मुनिका खेलाडीहरुले अनलाईन मार्फत फर्म भर्न पाउने छन् । फिफा ईवल्र्डकप विजेताले दुईलाख ५० हजार डलर पाउँछ । तर इग्लिस प्रिमियर लिगले भने नगद पुरस्कार नदिने जनाएको छ । केवल ट्रफी मात्रै पुरस्कार स्वरुप प्रदान गर्ने छ । प्रिमियर लिगका प्रवन्ध निर्देशक रिचार्ड माष्टर्सका अनुसार लाखौंको संख्यामा फ्यानहरु फिफा र अन्य नयाँ ईस्पोर्टस कम्पिटिसनमा सहभागि हुने छन् जहाँ क्लबसँगै अन्य अवसरहरु समेत सृजना गर्ने छौं ।

जर्मनमा पनि बुन्डेसा लिगले ईएए स्पोर्टस शुरु गरेको जनाईएको छ । विश्वमा सबैभन्दा लोकप्रिय फुटबल लिग भएको भन्दै फुटबल प्रतिस्पर्धात्मक गेममा हामी विश्वास गर्छौ । फिफाले प्रतिस्पर्धातमक गेम र प्रिमियर लिग दुवैलाई समान रुपमा हेर्छ । समुदायको उत्साह बढाउँछ । ईए स्पोर्टस फिफाका प्रतिनिधि एवं खेल आयुक्त ब्रेट कन्निंगले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here