पोखरा(खेलाडी न्युज)-युरोपियन फुटबलको हस्ती इटाली आगामी वर्ष हुने युरोकपको लागि छनोट भएको छ । गएराती युरोकप छनोट अन्तर्गत भएको प्रतिस्पर्धामा ग्रिसलाई शून्यका विरुद्ध दुई गोल गर्दै जित निकालेको इटालीले युरोकप २०२० पक्का बनाएको हो ।

चेल्सीबाट व्यवसायिक फुटबल खेल्दै आएका मिडफिल्डर जर्जिन्होले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । खेलको ६३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै इटालीले अग्रता बनाउँदा ७८ औं मिनेटमा अर्को गोल थपिएपछि इटालीले युरोकप पक्का बनायो । ७८ औं मिनेटमा फेडरिको बर्नन्डेचीले गोल गरेका थिए । इटाली समूहको शीर्षस्थानमा रहँदै युरोकपको लागि योग्य बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here