एजेन्सी-युरो च्याम्पियन पोर्चुगलले इटालीसँग गोलरहित बराबरी खेल्दै युईएफए कप नेसन्स लिगको सेमिफाईनल सुरक्षित गरेको छ । शनिबार राती भएको प्रतिस्पर्धामा गोलरहित खेल्दै पोर्चुगलले समूहमा ७ अंक जोड्दै सेमिफाईनल सुरक्षित बनाउँदा इटालीको सम्भावना सकिएको छ ।

पोर्चुगलले समूहको अन्तिम खेल पोल्याण्डसँग खेल्ने छ । होम एण्ड अवेको आधारमा भएको प्रतिस्पर्धामा पोर्चुगलले तीन खेलमा ७ अंक जोड्दै शीर्षस्थान लिएर सेमिफाईनल प्रवेश गरेको हो । अब अन्तिम खेल भने पोल्याण्डसँग खेल्ने छ । इटाली चारखेलसँगै ५ अंक लिएर दोस्रो स्थानमा छ । पोल्याण्ड भने तीन खेलमा १ अंकसहित अन्तिममा छ ।

क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगलले खेलको पहिलो हाफसम्म निकै दबावमा खेल्दै गोल रोक्ने प्रयासमा मात्रै पोर्चुगल जुट्यो । तर दोस्रो हाफमा भने निकै सुधारिएको प्रदर्शन गर्दै इटालीको दबावलाई केही मत्थर बनाएपनि गोल गर्न नसक्दा गोलरहित अवस्थामा टुंगिएको थियो । इटालीको फुटबल खराब लयमा रहेको छ । ६० वर्षयता पहिलो पटक विश्वकप फुटबलमा छनोट हुन नसकेको इटाली नेसन्स कपमा समेत खराब नतिजा आत्मसात गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here