Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)—नेपाल— भारत मैत्रीपूर्ण प्रतियोगितामा व्याडमिन्टन तर्फ पोखराका खेलाडी च्याम्पियन बन्दा ह्याण्डबल र हक्कीको प्रतिस्पर्धामा भने भारतीय खेलाडीले जिते ।

व्याटमिन्टनको पुरुष एकल प्रतिस्पर्धामा कुमार गुरुङले भारतीय खेलाडी शिवमलाई २१—१९, २१—१८ को सेटमा पराजित गर्दै स्वर्ण जिते । त्यस्तै सिंगलमा नेपालका रवि श्रेष्ठ, भारतका हिमांशुलाई २१—११, २१—१६ को सेटमा पन्छाए । शम्भु श्रेष्ठ १४—२१, २१—५, २१—१९ सेटमा भारतीय खेलाडी लक्कीलाई पराजित गरे । डबल तर्फको प्रतिस्पर्धामा भने शुशिल पौडेल र कुमार गुरुङको जोडीले भारतका हिमांशु र लक्की २१—१५ को सेटमा पराजित गर्दै नेपालले च्याम्पियन ट्रफी जित्यो ।

यसैगरी पोखरा रंगशालामा भएको ह्याण्डबल तर्फको प्रतिस्पर्धामा भने भारतले मैत्रीपूर्ण नेपाललाई खेलमा ३६—१६ गोलले पराजित गर्दै स्वर्ण पदक आफनो नाममा लेखायो । यसैगरी हकी तर्फको प्रतिस्पर्धामा भारतीय टोलीले नेपाली टोलीलाई ७—४ गोल अन्तरले पराजित गरेको थियो । मैत्रीपूर्ण प्रतियोगिताको लागि पोखरा क्रिकेट क्लबमा आवद्ध रिजन प्रजु, चन्द्रकुमार गुरुङ, प्रदीप राउत र सन्तोष श्रेष्ठले सहयोगी भूमिका निर्वाह गरेका थिए । केही दिन अघि मात्रै पोखरा रंगशालाको कभर्ड हलमा नेपाल— भारत मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here