पोखरा(खेलाडी न्युज)-उपराष्ट्रपति चिल्ड्र्ेन्स गेम्स प्रतियोगितामा कास्की टिम च्याम्पियन बनेको छ । एथलेटिक्स, उसु, तेक्वान्दो, टेबल टेनिस र सितेरियो कराँते तर्फको प्रतिस्पर्धामा कास्कीले १० स्वर्ण, ६ रजत पदकसहित टिम च्याम्पियन बनेको हो । कास्कीले एथलेटिक्स तर्फ २, तेक्वान्दोमा ३, सितेरियो कराँतेमा २ र टेबल टेनिसमा ३ स्वर्ण गरी ११ स्वर्णपदक सहित टिम म्याम्पियन बनेको हो ।

प्रतियोगितामा बाग्लुङ जिल्ला ५ स्वर्ण, ३ रजतसहित दोस्रो स्थानमा रह्यो । बाग्लुङले उसुमा ५ स्वर्ण जित्यो भने कास्की स्वर्ण पदक विहीन बन्यो । लमजुङ भने ४ स्वर्ण, ७ रजत र १० कास्यसहित तेस्रो स्थानमा चित्त बुझाएको छ । लमजुङले एथलेटिक्स तर्फ २, टेवलटेनिसमा २ स्वर्ण पदक जितेको थियो । त्यसैगरी रजत तर्फ एथलेटिक्समा ४, टेवलटेनिसमा ३ रजत पदक जितेको छ । प्रतियोगितामा कास्की, स्याङजा, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, गोरखा, तनहुँ , लमजुङ र नवलपुरका जिल्लाबाट खेलाडीहरु सहभागि भएका थिए ।

पोखरा रंगशालास्थित कभर्ड हलमा आयोजित टेबल टेनिस तर्फको प्रतिस्पर्धामा छात्र तर्फ कास्कीका सुलभ केसीले स्वर्ण, कास्कीकै कुशल केसीरले रजत पदक जिते । लमजुङका प्रितम गुरुङ र मुस्ताङका कुशल थकालीले कास्य पदकमा चित्त बुझाए । छात्रा तर्फको इभेण्टमा भने कास्कीकी अनुषा गौतमले स्वर्ण पदक जितिन् । कास्कीकै तृषा गुरुङले रजत पदक र लमजङका लक्ष्मी पन्त र जाहिरा मियाँले कास्य पदक जितेका छन् । प

छात्रा डबल्स तर्फको प्रतिस्पर्धामा लमजुङका लक्ष्मी पन्त र जाहिरा मियाँको जोडीले कास्कीका अनुषा गौतम र तृषा गुरुङको जोडीलाई पराजित गर्दै स्वर्ण पदक जित्दा आकृति गैह्रे र अन्जु गोदार तनहुँको जोडीले चन्द्रिका परियार र रुथ गुरुङ पर्वतको जोडी भने कास्य पदकमा खुम्चिएको कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले जानकारी दिए । छात्र डबल्स तर्फको इभेण्टमा भने कास्कीका कुशल केसी र सुलभ केसीको जोडीले लमजुङका प्रितम गुरुङ र उत्तम लामाको जोडीलाई पराजित गर्दै स्वर्ण पदक जित्दा पर्वतका सशांक अधिकारी र संसार गुरुङ तथा तनहुँका राकेश विक र सन्तोष श्रेष्ठको जोडी भने कास्य पदकमा सीमित भएका छन् । मिक्स्ड तर्फको प्रतिस्पर्धामा भने लमजुङले स्वर्ण, कास्कीले रजत र बाग्लुङ तथा लमजुङले कास्य पदक जितेको थियो ।

कास्कीले पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजित एथलेटिक्स तर्फ १०० मिटरमा छात्रमा प्रकृत श्रेष्ठ र सोही इभेण्टमा छात्रा तर्फ तृष्ण केशरीले स्वर्ण पदक जित्न सफल भईन् । कराँते तर्फ ३० केजी प्रिन्स गुरुङ र छात्रा तर्फ ३४ केजीमा दिच्छा राईले स्वर्ण जितिन् । तेक्वान्दो तर्फ छात्र २५–२८ केजी तौलमा धर्मराज कुर्मी, छात्रा तर्फ २९–३२ केजीमा धनरुपी विक र ३५–३८ केजी तौलमा अनिषा परियारले स्वर्ण पदक जितेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उप निर्देशक कृष्ण तिमिल्सिनाले बताए । उनका अनुसार कबड्डी तर्फ १० जना खेलाडी छनोट गरिएको छ । कबड्डीमा नवलपुरका ३, बाग्लुङका ३, तनहुँ, पर्वत, गोरखा र कास्कीका १÷१ जना गरी १० खेलाडी छनोट गरिएको छ । एथलेटिक्समा स्वर्ण विजेता, मार्शल आर्टमा स्वर्ण र रजत पदक विजेताले राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने छन् । टिम च्याम्पियन कास्कीसहित दोस्रो र तेस्रो हुने जिल्लालाई ट्रफी, खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here