Under Featured Image in News Page
sahara

एजेन्सी-एथलेटिकका सर्वकालिन महान खेलाडी जमैकन विश्व किर्तीमानी धावक उसेन बोल्टको करियरले नयाँ मोड लिएको छ । एथलेटिक ट्रयाकबाट फुटबल मैदानमा जम्ने सपनालाई साकार रुप दिएका छन् । लामो समय परीक्षणमा रहेको धावक बोल्टले अष्ट्रेलियाको भ्यालेट्टा एफसीसँग आवद्ध भएका छन् ।

उनलाई भ्यालेट्टा एफसीले दुईवर्षको लागि अनुबन्धन गरेको हो । उनलाई यसै हप्ता मात्रै क्लबले अनुबन्धन गरेको हो । उनी अष्ट्रेलियाको सेन्ट्रल कोष्ट मारिनर्ससँग ट्रयालमा थिए ।

उनी फुटबलमा निकै रुची राख्ने खेलाडी हुन् । रिकी सिम्सले ईएसपिएनसँग भने । क्लबका प्रमुख कार्यकारी अधिकृत र प्रवन्ध निर्देशक घास्तन स्लीमिनले ईएसपिएनसँग भने हामी कामना गर्छौ उनको फुटबलको करियर उत्कृष्ठ रहोस । बोल्टको चाहना अष्ट्रेलियको व्यावसायिक फुटबल सिजन शुरु हुनुभन्दा अघि नै सम्झौता गरेकोले आउँदो शुक्रबारदेखि नै निरन्तर अगाडि बढ्ने लिएका छन् ।

सेन्ट्रल कोष्टसँग ट्रायलमा रहदाँ दुई गोल गरेका थिए । ३२ वर्षीय बोल्टले एथलेटिकबाट सन्यास लिएपछि फुटबल तर्फ होमिएका हुन् । उनी १ सय, २ सय, ४ सय मिटर दौडमा विश्व कीर्तिमान राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here