पोखरा(खेलाडी न्युज)—एकसाता पछि पोखरामा सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता हुदैं छ । नेपालका व्यवसायिक गल्फरले १८ औं सस्करणको वेष्टर्न ओपनको लागि प्रतिस्पर्धा गर्ने छन् । सन १९९९ बाट शुरु भएको प्रतियोगिताको १८ औं सस्करण आउँदो मार्च ७ तारिख अर्थात फागुन २३ गतेदेखि हुने छ । तीन दिन प्रो को प्रतिस्पर्धा हुने छ भने शनिबार प्रो—एमको प्रतिस्पर्धा हुने हिमालयन गल्फ कोर्षका व्यवस्थापक भुवन गुरुङले जानकारी दिए ।

गत वर्षको संस्करण शिवराम श्रेष्ठले जितेका थिए । उनले वेष्टर्न ओपनमा उत्कृष्ठ प्रदर्शन गर्दै करियरको ३३ औं उपाधि जित्दा ९ अण्डर २०१ को स्कोरकार्ड बनाउँदै च्याम्पियन बनेका थिए । उमेश नगरकोटी उपविजेताको रुपमा चिक्त बुझाउँदा इभान पार खेलेका थिए । साढे ६ लाख पुरस्कार राशी रहेको सुर्य नेपाल वेष्टर्न ओपन विजेताले १ लाख १५ हजार नगदसहित ट्रफी पाउने छ । दोस्रो हुनेले ८५ हजार रुपैयाँ पाउने छ । २१ औं स्थानसम्म आउने गल्फरले नगद पुरस्कारको हकदार बन्ने छ ।

५४ होलमा शिवरामले ९ अण्डर २०१ को स्कोर खेल्दै उपाधि उचाल्दा अन्तिम दिनको खेलमा शिवरामले ६ अण्डर ६४ को स्थितिमा रहेर प्रतियोगिता टुग्याएका थिए । ५४ होलको खेलमा नौ अण्डर गल्फमा रेकर्ड हो भने १८ होलमा ६ अण्डर समेत नयाँ रेकर्ड हो । व्याक नाईनमा उनले ६ अन्डर २९ को स्कोर बनाए । १८ होलमा ६ अन्डर पारको पनि यो किर्तमानी स्कोर हो । उनकै नाममा दुई वर्ष अघि पाँच अण्डरसहित उपाधि लेखिएको थियो । त्यसलाई तोड्दै उत्कृष्ठ लयमा रहेका शिवरामले ३३ औं उपाधि उचाल्दै इतिहास लेखेका हुन् । उनले पोखरामा यस अघि २००५, २०११, ०१२ र ०१३ मा च्याम्पियन बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here