Under Featured Image in News Page
sahara

एजेन्सी—स्पेनि ला लिगा अन्तर्गत सोमबार साँझ भएको खेलमा एथलेटिको मड्रिडले भ्यालेन्सियालाई १—० गोलले पराजित गरेको छ । ५९ औं मिनेटमा एन्जेल कोरिअले गोल गर्दै एथलेटिको मड्रिडलाई जित दिलाए । तीन अंक जोड्ने क्रममा एन्जेलले कोकेले दिएको पासलाई बारको माथिल्लो कुनाबाट पोष्टको दिशा दिएका थिए ।

७१ औं मिनेटमा सिमे भसल्ज्कोले एथलेटिकोको लागि अवसर खेर फाले । ७३ औं मिनेटमा पनि एजेन्द कोरिआले पनि उस्तै अवसरलाई गुमाए । ७६ औं मिनेटमा भ्यालेन्सियाका लागि सिमोने जाजाले हानेको हेडिङ खेर गएको थियो । ८० औं मिनेटमा कार्लोस सोलेरको प्रहार आउट हुन पुग्यो । खेलको ४९ औं मिनेटमा भ्यालेन्सियाका टोनी लातोले दायाँ खुट्टाले डिबक्सबाट हानेको बल दायाँतर्फबाट बाहिरियो । नेमान्जा मास्कीमोभिचले क्रसपास दिएका थिए । ४१ औं मिनेटमा भ्यालीले अर्को अवसरलाई गुमायो । जोसे गायाले हानेको बल आउटसाईट बक्सबाट बाहिरिएको थियो । सान्टी मिनाले पास दिएका थिए । ४४ औं मिनेटमा एन्टोनि ग्रिजमानले एथलेटिको लागि प्रहार गरेपनि साईडबक्सबाट डिफेन्सले रोकेका थिए । उनलाई एन्जेल कोरिआले पास दिएका थिए । ३८ औं मिनेटमा भ्यालेन्सिले सिमोने जाजाको प्रहार पनि खेर गयो । अत्यन्तै सुन्दर ठाँउबाट जोसे गायाले दिएको पासलाई उनले हानेको बल दायाँतर्फबाट बाहिरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here