Under Featured Image in News Page

एजेन्सी-प्रिमियर लिग अन्तर्गत शनिबार राती एभर्टनमाथि सानदार जित दर्ता गर्दै म्यानचेष्टर सिटीले लिभरपुललाई दुईअंकले पछि पार्दै लिगमा अग्रता लिएको छ ।

ग्रावियल जेससको दुई गोलले हिर्काएपछि सिटीले एभर्टनमाथि ३-१ को जित निकाल्दै अंक तालिकामा शीर्षस्थान फर्किएको हो । २२ औं मिनेटमा जेससको गोलबाट लिएको अग्रतालाई दोस्रो हाफमा उनकै गोलबाट अग्रता दोब्बर बनायो ।

जेससले व्यक्तिगत दोस्रो गोल भने ५० औं मिनेटमा सम्भब बनाए । एभर्टनका डोमिनिच कल्भर्ट लेविनले ६५ औं मिनेटमा गोल फर्काउँदै खेललाई प्रतिस्पर्धात्मक बनाउने तर्फ उन्मुख रहे । तर ६९ औं मिनेटमा सिटीले अर्को गोल थपेपछि एभर्टनलाई निराश बनाई छाड्यो । रहिम स्ट्रलिंगले गोल गर्दै सिटीको जितलाई केही फराकिलो गोल अन्तर बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here