Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज-पोखरामा आयोजित प्रथम एशियन कप ट्रायथलन च्याम्पियनसिपको उपाधि जापानीज खेलाडी माकोतो ओदाकुराले जितेका छन् । उनले निर्धारित ट्रायथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको ५४ मिनेट १७ सेकेण्डमा पुरा गर्दै उपाधि जित्न सफल भएका हुन् । उनी विश्व वरियतामा ६३ औं र एयिशन क्षेत्रमा दोश्रो स्थानमा रहेका खेलाडी हुन् । पोल्याण्डका खेलाडी डान मेसिन्तोशले ५४ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै रजत पदकमा चित्त बुझाए । तेस्रो स्थानमा भने कोरियाका जी ह्वान किमले ५५ मिनेट ०२ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चित्त बुझाएका छन् ।

महिला तर्फको प्रतिस्पर्धामा एक घण्टा ०२ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै कोरियन खेलाडी ए जिन पार्कले स्वर्ण पदक जितिन् । दोस्रो स्थानमा भने जापानकी कोनामी यासिओडाले १ घण्टा ३ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै रजत पदक प्राप्त गरिन् । त्यसैगरी जापानकै नाओमी ताकामिनेले १ घण्टा ४ मिनेट ५५ सेकेण्डको समयमा पुरा गर्दै कास्य पदक जित्न सफल भईन् । प्रतिस्पर्धामा पुरुष तर्फ २० र महिला तर्फ ९ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपाल, जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका पुरुष तर्फ १९ र महिला तर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

सातौं दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसिप तर्फको उपाधि भने नेपाली खेलाडी बसन्त थारुले स्वर्ण पदक जिते । भारतीय खेलाडीको बर्चस्वलाई तोड्दै उनले १ घण्टा ०३ मिनेट ५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जित्न सफल भए । भारतीय खेलाडी लोकेन्द्रकुमार वावुजी भने दोस्रो स्थानमा चित्त बुझाए । उनले एक घण्टा ०७मिनेट १३ सेकेण्डको समयमा पुरा गर्दै रजत पदक जिते । तेस्रो स्थानमा भने नेपाली खेलाडी नितेश मानन्धरले एक घण्टा ०८ मिनेट ३४ सेकेण्डको समय लगाएका थिए ।

अन्तराष्ट्रिय ट्रायथलन युनियनको संयोजन तथा नेपाल ट्रायथलन संघको आयोजनामा सञ्चालित प्रतिस्पर्धामा महिला तर्फ पहिलो र दोश्रो स्थानमा भारतका प्रग्न्या मोहन र मोनिका मुकेशभाई नागपुर रहे । मोहनले १ घन्टा ९ मिनट २३ सेकेन्डमा र नागपुरेले १ घन्टा १२ मिटन ४७ सेकेन्को समय निकाले । त्यस्तै तेश्रो स्थानमा आएकी नेपालकी सोनी गुरुङ्गले १ घन्टा १८ मिनट ४९ सेकेन्डको समय लगाईन् ।

नेपालका खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको दुवाथलनमा नेपाली सेनाका हिमाल टमाटाले स्वर्ण हात पारे । उनले ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड ५७ मिनट १४.३० सेकेन्डमा पुरा गरे । यस्तै दोश्रो स्थानमा रहेका एपीएफका लक्ष्मण मल्ल ५७ मिनट ३७.४७ सेकेन्ड र तेश्रो स्थानमा रहेका एपिएफका किरण कुमार मल्लले ५७ मिनट ५८.१७ सेकेन्ड लगाए । महिला तर्फ एपिएफकी हुमा बुढा मगरले १ घन्टा १० मिनट ४५.२२ सेकेन्ड, एपिएफकै निर्जता ताम्राकारले १ घन्टा ११ मिनट ३८.३३ सेकेन्ड र दाङ्गकी अनिषा चौधरीले १ घन्टा २२ मिनट ०५.०५ सेकेन्डमा साथ पहिलो दोश्रो र तेश्रो स्थान हात पारे । विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग, नेपाल ट्रायलथन संघका केन्द्रीय अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, कास्की जिल्ला ट्रायथलन संघ कास्कीका अध्यक्ष सुमन देवकोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।

ट्रायथलनलाई प्रवद्र्धन गर्नको लागि अन्तराष्ट्रिय च्याम्पियनसिप गराईएको प्रष्टयाउँदै कास्कीका अध्यक्ष देवकोटाले राष्ट्रिय गौरवको खेलको रुपमा समेत संघले लिएको छ । उनले साउथ एशियनसँगै ‘अन्तराष्ट्रिय ओपन कम्पिटिसन’ ले पोखराको एडभेन्चर स्पोर्टसलाई प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । ट्रायथलन खेल मार्फत पोखराको स्पोर्टस टुरिज्ममा नयाँ आयाम थपिने विश्वास संघले लिएको छ ।
दुई जनाको डोपिङ टेष्ट
एशियन कप ट्रायथलन च्याम्पियनसिपमा पहिलो पटक खेलस्थलमै प्रतिबन्धित औषधीको प्रयोगलाई निरुत्साहित गर्न डोपिङ टेष्ट गरिएको छ । शनिबार पोखराको फेवाताल किनारमा आयोजित ट्रायथलन प्रतिस्पर्धामा स्वर्ण पदक विजेता खेलाडीद्वयको डोपिङ टेष्टको लागि स्याम्पल संकलन गरिएको नेपाल ट्रायथलन संघ कास्कीका अध्यक्ष देवकोटाले सुनाए । उनका अनुसार संकलन गरिएको स्याम्पल भारत पठाईने छ । भारतबाट रिपोर्ट आउन भने तीन हप्ताको समय लाग्ने छ । स्याम्पल संकलनको लागि दुईजना महिला तथा पुरुष चिकित्सक खटिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here