एशियन कप, युएईसँग भारत पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २७ गते २०७५ मा प्रकाशित


एजेन्सी-फुटबलको दक्षिण एशियाली पावरहाउस भारत युएईसँग पराजित भएको छ । एशियन कप अन्तर्गत समूहगत प्रतिस्पर्धामा आयोजक युएई (संयुक्त अरब इमिरेट्स)सँग गएराती २-० गोलले पराजित हुन पुग्यो । युएई ४ अंकसहित शीर्षस्थानमा रहदाँ भारत ३ अंकसहित गोल अन्तरमा दोस्रो स्थानमा र थाईल्याण्ड पनि ३ अंकसहित तेस्रो स्थानमा रहदाँ बहराईन भने एक अंकसहित चौथो स्थानमा छ ।

पहिलो हाफमा एक गोलले पछि परेको भारत दोस्रो हाफमा खेलमा फर्किन सकेन् । काफलान मुवारकले ४१ औं मिनेटमा गोल गर्दै युएईलाई अग्रता दिलाए । पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा दोब्बर बनायो । खेल सकिन केवल दुई मिनेट बाँकी छदाँ अर्को गोल थप्दै युएईले आफनो जित सुनिश्चित बनायो ।

खेलको ८८ औं मिनेटमा अलि मावकाउटले गोल थपे । बलमाथिको नियन्त्रण पनि भारत निकै कमजोर देखियो । ३४ प्रतिशत मात्रै भारतले खेलअवधिभर बलमाथि नियन्त्रण राख्यो । ६६ प्रतिशत युएईले बलमाथि नियन्त्रण गरेको थियो । दुवैले समान गोलपोष्टमा ९ पटक प्रहार गरे । तर तार्केट भने प्रभावकारी देखिएन् ।