पोखरा(खेलाडी न्युज)- नेपाल बुद्धिचाल संघ र मदन भण्डारी स्पोर्टस एकेडेमीको संयुक्त आयोजना तथा काठमाडौं महानगरपालिकाको सह आयोजनामा २२ देखि २९ कार्तिकसम्म हुने मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिपमा १७ देशका खेलाडीले सहभागीता जनाउने भएका छन् । बुढानिकण्ठडस्थित पार्क भिलेजमा हुने प्रतियोगिता विश्व बुद्धिचालको अफिसियल इभेन्टमध्ये नेपालमा हालसम्म आयोजना भएको सर्वाधिक ठूलो भएको नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले बताए ।

सो प्रतियोगिताको उघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । सो समारोहमा एसियन चेस फेडेरेशनका डेपुटी प्रेसिडेन्ट भरत सिं चौहान र विश्व बुद्धिचाल महासंघका अध्यक्षका प्रमुख सल्लाहकार बेरिकबेल्गायिभको सहभागीता रहने बतायएको छ । सो प्रतिोगितामा नेपालका ७० सहित १०० खेलाडीको सहभागीता हुने छ । स्विस लिग प्रणाली अनुसार ९ चरणसम्म संचालन हुने प्रतियोगितामा नेपालका सातै प्रदेशका खेलाडी सहित भारत, चीन, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्सका खेलाडी सहभागीहुने छन् ।

त्यसैगरी भूटान, मलेसिया, भियतनाम, फिलिपिन्स, काजकिस्तान, किर्गिस रिपब्लिक, म्यान्मा, इरान, हङकङ र जापानका खेलाडीले सहभागीता जनाउने छन् । विदेशी खेलाडी २२ कार्तिकमा आइपुग्ने बताइएको छ । १३ हजार ५ सय अमेरिक िडलर पुरस्कार राशी रहेको प्रतियोगितामा क्लासिकल तथा ब्लिज दुई फम्र्याटमा खेल संचालन हुने श्रेष्ठले बताए । प्रतियोगिताको विजेताले क्यान्डिडेटमास्टर तथा महिलातर्फको विजेताले वुमन क्यान्डिडेटमास्टरको उपाधी प्राप्त गर्ने छन् । क्लासिकतर्फ ३७ र ब्लिजतर्फ ६ खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने छन् । नेपालका पुरुष र महिला च्याम्पियनलाई भने संघले सम्पूर्ण खर्च ब्यहोर्ने बताएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीले १सय ७५ डलर फि तिर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here