एजेन्सी-फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा २०२२ मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगितामा ४८ राष्ट्रलाई समावेश गराउने विषयमा छलफल गरिएको छ । २०२६ मा ३२ राष्ट्रबाट ४८ राष्ट्रले विश्वकपमा समावेश हुने निश्चित भईसकेको अवस्थामा फिफाका अध्यक्ष जियानी इन्फाटिनोले चार वर्ष अघि नै किन नगर्ने भन्दै कतारका छिमेकी देशलाई पनि विश्वकपको सह आयोजकको रुपमा सहभागिता गराउने राय व्यक्त गरेका छन् ।

उनले भनेका छन् विश्वकप फुटबल प्रतियोगिताको कतारसँगै अन्य खाडी मुलुकले सह आयोजकको रुपमा सम्भावित अध्ययन गरिने सुनाए । उनले दुबईमा आयोजित एक सम्मेलनमा बोल्दै कतारसँग केही राजनीतिक तनाब रहेपनि फुटबलको विश्वव्यापीको लागि सह आयोजना गरी सहकार्य गर्नुपर्ने बताएका हुन् । यदि छिमेकी देशहरुलाई समायोजित गरेर प्रतियोगिता आयोजना गरिए यस क्षेत्रलाई फाईदा हुने विश्वास समेत उनले व्यक्त गरेका छन् । अन्य राजनीतिक जटिल चीजहरु भन्दा पनि संयुक्त फुटबलको प्रोजेक्टको बारेमा कुरा गर्न सजिलो हुने उनको भनाई थियो ।

यदि खाडी मुलुकले सहयोग गर्दछ भने विश्वका सबै देश फुटबल विकास हुने छ र विश्वभर एउटा सकारात्मक सन्देश ल्याउने छ । कतारका छिमेकी मुलुकहर साउदी अरब, सुंयक्त अरब इमिरेट्स, बहराईन, इजिष्टले विश्वकप फुटलब प्रतियोगिताको लागि साझेदारी गर्न सक्ने फिफाले जनाएको छ । कतारले विश्वकपको लागि आठ वटा स्टेडियम तयार गरिरहेको छ । त्यसको लागि आठ बिलियन डलर खर्च गरेको रोयटर्सले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here