पोखरा(खेलाडी न्युज)-पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनको संघारमा छ । चुनावी सरगर्मी बढ्दै गएको छ । आकांक्षीहरु प्यानल बनाउने धुनमा छन् । खेलकुद पृष्ठभूमीका पवनकुमार प्रजापति पनि वाणिज्य संघको महाधिवेशनमा आफुलाई बरिष्ठ उपाध्यक्षमा उम्मेदवारको दावेदारी प्रस्तुत गरेका छन् ।

पोखरा शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष प्रजापति बर्तमान कार्यसमितिका कोषाध्यक्ष समेत हुन् । कास्की जिल्ला कब्बडी संघका बरिष्ठ उपाध्यक्ष समेत रहेको प्रजापति खेलकुदमा निकै सक्रिय छन् । त्यसको उदाहरण हो पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योेगिक व्यापार मेलामै मिष्टर पोखरा शारीरिक सुगठन प्रतियोगिता । उनकै समयमा पोखरामा वर्षेनी निरन्तर मिष्टर पोखराको संस्करण आयोजना हुन पुग्यो ।

व्यापार मेलाकै अवसरमा मिष्टर पोखराकोे पाँचौ र छैटौं सस्करण नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरिएको थियो । इन्टरनेशनल फेडेरेसन अफ बडिविल्डिङ (आईएफबिबी) अन्तर्गत कास्की जिल्ला बडिबिल्डिङ तथा फिटनेस संघका सल्लाहकार पनि हुन् ।

वैदेशिक सहभागितामा जाने शारीरिक तथा कब्बडीका खेलाडीहरुलाई सहयोग गर्दै आएका छन् । खेलकुद क्षेत्रमा लामो समय विताएका प्रजापति पोखरा उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा आफनो दावेदारित प्रस्तुत गरेका छन् । चर्चामा रहँदा उनी प्यानल नबन्दै चुनावी अभियानमा होमिएका छन् । यद्यपी केही दिनपछि प्यानल नै घोषणा गरेर चुनावी प्रचारमा सक्रियता देखाउने सम्भावना रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here