एजेन्सी-काराबाओ कपको चौथो चरणको प्रतिस्पर्धामा चेल्सीमाथि म्यानचेष्टर युनाईटेडले रोमान्चक जित दर्ता गरेको छ । बिहीबार विहान भएको प्रतिस्पर्धामा युनाईटेडले चेल्सीको चुनौतिलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युनाईटेडको जितमा मार्कस रासफोर्ड नायक बने । खेलको २५ औं गोलमा गोल गर्दै रासफोर्डले युनाईटेडलाई अग्रता दिलाए । तर दोस्रो हाफमा चेल्सीले कमब्याक गर्दै बराबरी गर्यो । मिचे बात्सुईले ६१ औं मिनेटमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । तर ७३ औं मिनेटमा युनाईटेडका लागि पेनाल्टीको अवसर प्राप्त गर्यो । पेनाल्टीलाई रासफोर्डले गोल गर्दै जित सुनिश्चित बनाए ।

उता लिभरपुलले आर्सनलमाथि पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गरेको छ । ५-५ गोलले बराबरीमा टुंगिएपछिको पेनाल्टीमा लिभरपुलले बाजी मार्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here