पोखरा(खेलाडी न्युज)-नेशनल प्याब्सन कास्कीको आयोजनामा सञ्चालित एन प्याब्सनको खेल महोत्सव अन्तर्गत १२ औं सस्करणको एन प्याब्सन खेलकुद महोत्सवको उपाधि कास्की मोर्डनाइज्डले उचालेको छ । कास्की मोर्डनानाइज्डले विभिन्न विधामा गरी ३३६ अंक सहित उपाधि उचाल्यो ।

शुक्रबार सम्पन्न महोत्सवमा कास्कीले एथलेटिक्स विधामा समेत अग्रस्थानमा रह्यो । दोस्रो स्थानमा त्रिवेणी एकेडेमी र हेमजा बोर्डिङले तेस्रो स्थानमा चिक्त बुझायो । फुटबल तर्फ सिरियर ब्वाईजको उपाधि हेमजा बोर्डिङ स्कुलको पोल्टामा पर्यो । फाईनलमा ज्ञानज्योति विद्या कुन्जमाथि २–१ गोलले पराजित गरेको थियो । गल्र्स तर्फको फुटबलको उपाधि भने चिल्डे«न एकेडेमीले पोखरा क्याम्ब्रिजलाई पराजित गर्दै जित्यो । चिल्ड्रेन एकेडेमीले पोखरा क्याम्ब्रिजलाई प्रतिस्पर्धात्मक खेलमा १–० गोलले पराजित गरेको थियो ।

यसैगरी भलिबल तर्फको उपाधि गल्र्स तर्फ गोर्खा बोर्डिङले उचाल्दा चिल्ड्रेन एकेडेमी भने उपविजेतामा बुझायो । त्यसैगरी ब्वाईज तर्फको प्रतिस्पर्धामा भने सनराईज बोर्डिङले बीरेन्द्र मेमोरियल स्कुललाई पराजित गर्दै सिनियर तर्फको ट्रफी आफनो नाममा लेखायो । ह्याण्डबल तर्फको प्रतिसपर्धामा जुनियर गल्र्समा ज्ञानज्योति विद्याकुन्जले कास्की मोर्डनाईज्डलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल रह्यो ।

ब्वाईज तर्फ सोही इभेण्टको प्रतिस्पर्धमा ज्ञानज्योति विद्याकुन्जले उपाधि जित्दा कास्की मोर्डनाईज्डले उपविजेतामै चिक्त बुझायो । बास्केटबल गल्र्स सिनियर तर्फको प्रतिस्पर्धामा कास्की मोर्डनाईज्ड प्रथम हुदाँ न्यु ग्यालेक्सी दोस्रो स्थानमा रहदै प्रतियोगिता टुग्यायो ।

ब्वाईज तर्फको प्रतिस्पर्धामा कास्की मोर्डनाईज्डले नै उपाधिमाथि कब्जा जमायो । उसले न्यु ग्यालेक्सीलाई नै पराजित गरेर उपाधि जोगाउन सफल रह्यो । टेबल टेनिस अन्तर्गत गल्र्स सिंगल्स तर्फको प्रतिस्पर्धामा कास्की मोर्डनाईज्डले स्वर्ण पदक जित्दा पुष्प सदन एकेडेमीले भने रजत पदकमा चिक्त बुझायो । ब्वाईज सिनियर तर्फको प्रतिस्पर्धा कास्की मोर्डनका रोशन घर्तीमगरले गोर्खा बोर्डिङका सुरज देवकोटालाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here