Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला साईक्लिङ संघको दोस्रो अधिवेशनले शंकर भण्डारीको अध्यक्षतामा चार वर्षको लागि नयाँ कार्यसमिति चयन गरिएको छ । पोखरालाई साइकल सिटी बनाउने अभियानलाई मुर्त रुप दिने लक्ष्यसहित शनिबार सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा सुवास सिग्देललाई चयन गरेको छ । द्धितीय उपाध्यक्षमा अशोक चालिसे, सचिवमा जगन विक, कोषाध्यक्षमा ईन्द्र गुरुङ छन् । सदस्यहरुमा अब्राहम खान, तीर्थ अवस्थी, कमल नेपाली, हरि थापा, जमुना थापा र पुष्पकमल पौडेल रहेका छन् ।

चार वर्ष अवधिमा संघले पोखरालाई साइर्कल सिटीको रुपमा प्रवद्र्धन गर्न सातताल जोड्ने साईकल रुट निर्माणको लागि पहल गर्ने प्रतिबद्धता गरेको छ । अध्यक्ष भण्डारीले सात ताल जोड्ने साईकल लेन निर्माण गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘अब विद्यालयस्तरमै पुगेर साईकल सिटीको अवधारणा बुझाउने छौं ।’ उनले भने ‘विद्यालयस्तरीय साईकल रेस गर्दै अभियानलाई प्रभावकारी बनाउने छौं ।‘ उनले बजार क्षेत्रभित्र अब बनाइने नयाँ सडकमा साईकल लेन निर्माण गर्न महानगरपालिकालाई दवाब दिने समेत बताए ।

टुर दि पोखरा, पोखरामा अन्तर्राष्ट्रिय साईकल रेस (आईभी)को संस्करणको निरन्तरता दिने समेत बताए । बढ्दो शहरीकरणले बातावरणीय प्रदुषण बढाएको भन्दै अब बातावरणीय संरक्षणको लागि पनि साईकल अभियान प्रचारप्रसार गर्नुपर्नेमा उनको जोड थियो । बजारमा सवारी गुडने सडकसँगै साईकलको छुट्टै लेन बनाउने भन्दै महानगरपालिकाले त्यसमा विशेष ध्यानाकर्षण गर्नुपर्ने उनको भनाई थियो ।

अधिवेशनमा गण्डकी प्रदेशका सदस्य एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पुर्व अध्यक्ष समेत रहेको दिपक कोइराला, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल, कोषाध्यक्ष दिपकबहादुर गोदार, साईकल सिटीका निर्वमान अध्यक्ष दिलिपराज श्रेष्ठ लगायतले पोखरालाई साईकल सिटीको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here