पोखरा(खेलाडी न्युज)—नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित टोली मिनेर्वा पन्जाबले यो सिजनको हिरो आईलिग उपाधि आफनो पोल्टामा पारेको छ । बिहीबार चर्चिल ब्रदर्सलाई १—० ले पराजित गदैृ उपाधि जितेको हो । उता अर्का नेपाली स्ट्राइकर विमल घर्ती मगर भने बेन्चमै सीमित हुदैं आईलिग टुग्याए । उनी सम्मिलित टोल मोहन बगान भने तेस्रो स्थानमा रह्यो ।

मिनेर्वाले घरेलु मैदानमा विलियम ओपोकुको गोलमा जित सुनिश्चित गरे । चेम्जोङले भने अन्तिम खेलमा ९० मिनेट नै गोलपोष्ट सम्हाल्ने मौका पाए । मोहन बगानले गोकुलामसँग १—१ को बराबरी खेल्दै तेस्रो स्थानमा रहदाँ इष्ट बंगालले नेरोकालेसँग १—१ कै बराबरी खेल्दै चौथो स्थानमा धलेकलियो । नेरोकाले भने दोस्रो स्थानमा रहेर आईलिग टुग्यायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here