Under Featured Image in News Page
sahara

पोखरा(खेलाडी न्युज)-अबको केही दिन पोखरा रंगशालाभित्र खेलकुदका कुनैपनि गतिविधि गर्न पाईने छैन् । विश्वव्यापी कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सजगता अपनाउन कुनैपनि खेल गतिविधि सञ्चालन नगर्न जिल्ला खेलकुद विकास समितिले सूचना जारी गरिसकेको छ ।

जिल्ला खेलकुद विकास समिति कास्कीले एक साताको लागि पोखरा रंगशालामा प्रशिक्षण लगायतका गतिविधि समेत रोक लगाउने निर्णय गर्दै सूचना जारी गरेको छ । कार्यालय प्रमुख प्रकाश बरालका अनुसार रगशाला हाताभित्र हुदैं आएको नियमित प्रशिक्षणलाई रोक्न आग्रह गर्दै कोरोना भाइरसबाट सचेत र सजग रहन सबै खेलकुद प्रेमीलाई आग्रह गरिएको छ ।

‘अहिले एक साताको लागि पोखरा रंगशालाभित्र कुनै प्रशिक्षक, सेमिनार तथा गोष्ठी एवं अन्य कुनैपनि खेलकुदजन्य गतिविधि नगर्न सम्बन्धीत संघ संस्थालाई आग्रह गर्दै सूचना गरेका छौं’ जिल्ला खेलुकद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘कोरोनाको संक्रमण विरुद्ध सचेत बन्नुपर्ने अवस्थाले रंगशालामा हुने गतिविधि पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्था आएको हो ।’

खेलकुद गतिविधिसँगै प्रशिक्षणले सर्वसाधारणको भीडभाड हुने गरेको छ । भीडभाडमा बढी संक्रमणको जोखिम हुने गरेको छ । त्यसैले पनि सचेत रहनुपर्ने अहिलेको अवस्था रहेको कार्यालय प्रमुख उल्लेख गरे । ‘स्वास्थ्य नै धन हो । स्वास्थ्यको लागि खेलकुद भन्ने अभियान भएपनि संक्रमणबाट जोखिन सचेत हुनुपर्ने अवस्था छ ।’ उनको भनाई थियो । केही दिन अघि मात्रै पोखरा रंगशालामा आहा रारा गोल्डकप आयोजना गरी टुग्याइएको थियो । कास्की जिल्ला रग्बी संघको अधिवेशन समेत पोखरा रंगशालास्थित सभा हलमा आयोजना गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषदले दुईसाता अघि नै भीडभाड हुने कुनैपनि खेलकुद गतिविधि नगर्न सम्बन्धीत संघसंस्थालाई सूचना जारी गरेको थियो । परिषदबाट आएको सूचनालाई आधार मान्दै जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले खेलकुदका गतिविधि नगर्न निर्देशन गरेको हो । ‘विद्यालय बन्द छन् । विद्यार्थीलाई लक्षित गरी कुनैपनि प्रशिक्षण नगराउन जिल्ला खेलकुद विकास समितिले तत्कालको लागि रोक लगाएको हो’ उनले भने–‘कोरोनाको बढ्दो त्रासले संक्रमण झनै बढ्ने सम्भावना हुदाँ त्यस्ता गतिविधि नगर्नुनै उपयुक्त हुन्छ ।’

कोरोना संक्रमणले मनोबैज्ञानिक असर पुर्याएको छ । सचेत र सजग बन्नुपर्ने अवस्था छ । धुलो र धुवाँसँगै संक्रमणलाई न्यूनिकरण गर्ने तर्फ सबैले जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने खाँचो खेलकुद विकास समितिले औंल्याएको छ । आगामी वर्ष पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै केही खेलले प्रशिक्षण समेत गराउँदै आएको छ । पोखरा रंगशालाभित्र विशेष गरी मार्शल आर्ट्सका खेलहरुको प्रशिक्षण गराउँदै आईएको छ । लन टेनिस तथा क्रिकेटसँगै बास्केटबल, भलिबलको गतिविधि(प्रशिक्षण)हुदैं आएको छ ।

कार्यालय प्रमुख बरालका अनुसार तत्कालको लागि मात्रै एक साता रोक लगाइएको हो । ‘भोलि आवश्यक परेको अवस्थामा थप समय रोक लगाउन सक्ने सम्भावना हुन्छ’ उनले भने–‘संक्रमणको स्थितिलाई नियाल्दै गतिविधि रोक्ने समय लम्ब्याउन सक्छौं ।’ हुन त पोखरा रंगशालाभित्र यतिबेला कुनै प्रतियोगिता आयोजना हुने मिति तय भएको छैन् । यद्यपी विश्वव्यापी रुपमै खेलकुदका ठूला प्रतिस्पर्धालाई रोकिएको छ ।

युरोपेली फुटबल अन्तर्गत च्याम्पियन्स लिग, प्रिमियर लिग, स्पेनिस ला लिगा, बुण्डेसा लिगा, इटालियन सिरी ए, लगायत छिमेकी राष्ट्र भारतमा आयोजना हुने आईपिएल सारिएको छ । नेपालमा आयोजना हुने एभरेष्ट प्रिमियर लिगको मिति पछि सारिएको छ । मोफसलका शहरमा आयोजना हुने नकाउट फुटबल प्रतियोगितालाई समेत अखिल नेपाल फुटबल संघले आयोजना नगर्न आग्रह गरिसकेको छ ।

मोफसलमा विभिन्न क्लबले ठूला तथा साना खेलकुद गतिविधि गर्दै आएका छन् । खेलकुद गतिविधिको लागि यो समय निकै उत्तम मानिन्छ । खेलकुदकै सिजनमा देखिएको कोरोना भाईरसको असरले खेलकुद गतिविधि पूर्ण रुपमा ठप्प भएका छन् । file pic

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here