Under Featured Image in News Page
sahara

पोखरा(खेलाडी न्युज)- रोयल स्पेनिस फुटबल महासंघ(आरईएफई) कोरोना भाईरसले आर्थिक समस्या भोग्ने सम्भावना रहेको जनाउँदै घरेलु ए र बी डिभिजनका क्लबलाई जमानतमा आर्थिक सहयोग दिने प्रतिबद्धता गरेको छ ।

आरईएफईले क्लबहरुलाई ५ सय मिलियन डलर सहयोगको घोषणा गरेको छ । स्पेनिस ला लिगा मार्च १२ देखि स्थगित गरिएको छ । फेरी शुरु गर्ने मिति तय गरिएको छैन् । खेलाडीहरु सबै आईसोलेसनमा बसिरहेका छन् । युरोप यतिबेला सबैभन्दा बढी कोरोनाबाट प्रताडित हुन पुगेको छ ।

खेलहरु रोकिदाँ ब्रोडकाष्टिंगबाट प्राप्त राजस्व रोकिन पुगेको छ । स्पेनका एफएका अध्यक्ष लुईस रुविएल्सका अनुसार व्यावसायिक फुटबललाई हातेमालो गर्न इच्छुक छौं । उनले ला लिगा र पहिलो र दोस्रो डिभिजनका क्लबहरुको वित्तिय संकट कम गर्ने तर्फ ध्यान दिएको बताए । हामी केही बैंकहरुसँग वित्तिय ऋण सहयोगको लागि अपिल गरेको बताउँदै अध्यक्ष रुविएल्सले ५ सय मियिलय युरो सहयोगबाट क्लबहरुआर्थिक अभाव संघर्ष गर्ने छन् र आगामी चार, पाँच र छ वर्षमा क्लबहरुले त्यो ऋण तिर्ने छन् ।

हामीलाई लाग्छ कि आगामी मेको सुरुमा प्रतिस्पर्धा पुनः सुरू गर्न व्यावहारिक रूपमा असम्भव छ- रुबिएल्सले भने। हामीसँग म्याड्रिडमा अस्थायी अस्पतालहरू स्थापना गरिएका छन् र सैन्य आपतकालीन इकाईहरू सडकमा बाहिर छन्। हामीले जहिले पनि भनेको छ कि प्रतियोगिताहरू सम्पन्न गरिनुपर्दछ, जब यो सम्भव हुन्छ। पहिलो स्वास्थ्य हो, त्यसपछि सिजन पुरा गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here