पोखरा(खेलाडी न्युज)-क्योकुशिन कान कराँतेको डेढमहिना अघि गरिएको पेटी परीक्षामा संलग्न रंगशाला डोजोका खेलाडीहरुलाई शनिबार पेटी वितरण गरिएको छ । रंगशाला डोजोबाट ३१जना खेलाडीहरु सहभागि थिए । उनीहरुलाई क्योकुशिन कान कराँते संघ कास्कीका पूर्व अध्यक्ष ई.धर्म कोइरालाले पेटी वितरण गरेका थिए ।

सेतो पेटीका १० जना, सुन्तला रंगको पेटीका ६, पहेलो पेटीका ८, हरियो पेटीका २ र खैरो पेटीका ४ जना खेलाडीहरुलाई पेटी वितरण गरिएको थियो । पश्चिमाञ्चल प्रमुख दिपकबहादुर गोदार, प्रशिक्षक निर्मल केसी, चित्रन थापा मगर, सुमन प्रतेल लगायतका उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here