Under Featured Image in News Page
sahara

एजेन्सी-अन्तराष्ट्रिय क्रस कन्ट्रीको उपाधि रक्षा गर्ने लक्ष्यसहित केन्याली टोली बुधबार डेनमार्क प्रस्थान गरेको छ । डेनमार्कको आरहस भेन्युमा हुने प्रतिस्पर्धाको लागि केन्याली टोली प्रस्थान गरेको हो । केन्याले ४३ औं संस्करणको अन्तराष्ट्रिय क्रस कन्ट्रीको उपाधि जितेको थियो । जुन उपाधि रक्षा गर्दै इतिहास दोहोर्याउने लक्ष्यसहित डेनमार्क प्रस्थान गरेको हो ।

केन्याले झण्डै एक महिनाको बन्द प्रशिक्षणपछि प्रस्थान गरेको जनाएको छ । मुख्य प्रशिक्षक डेबिड लेटिंग तथा कप्तान जिओफेरी कामओरोले एक महिनाको बन्द प्रशिक्षण गरिएको बताए । प्रशिक्षक डेबिडले हामी केन्याली टिमको लागि प्रार्थना गर्छौं । हाम्रो टिम तयारी छ । धन्य भगवान तालिम भने निकै राम्रो भयो । उनले भने । pic agency

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here