Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)- मनमोहन स्मृति यु— १६ क्रिकेट प्रतियोगिताको लागि प्रदेश नं ४ को खेलाडीलाई बिहीबार पोखरा रंगशालाबाट विदाई गरिएको छ ।

प्रदेश नं ४ बाट प्रतियोगितामा सहभागि हुने १६ सदस्यीय टोलीलाई विदाई गरिएको हो । मेघबहादुर सेनको कप्तानीमा ईशान्त श्रेष्ठ, रहमद अन्सारी, अनित बराल, सोहल कुँवर, दिपेन्द्रसिंह मगर, सुजन गौतम, रोशन न्यौपाने, सचिन अधिकारी, प्रमोद बास्तोला, किरण पौडेल, कृष्ण पौडेल, प्रेम गुरुङ र आशिष सैंजु रहेका छन् । त्यसैगरी अमित सुवेदी र रोहन घिमिरे बैकल्पिकको रुपमा रहेका छन् ।

प्रशिक्षकमा रिजन प्रजु छन् । टोलीमा कास्की, बाग्लुङ, तनहुँ र स्याङजाका खेलाडी छन् । उनीहरुलाई पोखरा रंगशालामा प्रशिक्षण गराई छनोट गरिएको थियो । उनीलाई मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीका उपाध्यक्ष चन्द्रकुमार गुरुङ(जिम्मी)ले खादा लगाई विदाई गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here