पोखरा(खेलाडी न्युज)-पोखराको क्रिकेट मैदानलाई स्तरोन्नति गर्न राष्ट्रिय खेलकुद परिषदले लकडाउनकै समयमा टेण्डर तेस्रो पटक म्याद थप गरिएको छ । लकडाउनकै समयमा आह्वान गरिएकोले तेस्रो पटक म्याद थप गरिएको हो ।

टे्ण्डरको म्याद आगामी जेठ ७ गतेसम्मको लागि थप गरिएको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक प्रनिस ताम्राकारले सुनाए । उनका अनुसार लकडाउनकै कारण म्याद थपिएको हो । आगामी जेठ ७ गतेसम्म पनि कुनै कम्पनीले चासो नदिए फेरी म्याद थपिने सम्भावना रहने छ । लकडाउन आगामी जेठ ५ गतेसम्म छ । पछिल्लो समय लकडाउनमा केही खुकुलो बनाईएकोले कम्पनीले चासो दिने सम्भावना रहेको विश्वास गरिएको छ ।

सरकारले विकास निर्माणका योजनालाई निरन्तरता दिने जनाएको छ । त्यसै अनुसार सामाजिक दुरी कायम गर्दै लकडाउनलाई खुकुलो बनाएको हो । मैदान स्तारोन्नति गर्न तीन करोड रुपैयाँ छुट्टाइएको छ । छुट्टाइएको बजेटले मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउने अभियानसँगै टेण्डर आह्वान गरिएको थियो । गण्डकी प्रदेश सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै विकास निर्माणका कामलाई निरन्तरता दिने अभिव्यक्ति दिएको छ ।

मैदानको पीच पूर्ननिर्माण गर्नेदेखि तारबार लगाउनेसम्मको काम गर्ने उल्लेख छ । मैदान संरक्षण गर्न तारजाली(फेन्सिङ) लगाउने, नाला निर्माण गर्ने, दक्षिणी भेगमा पभेलियन बनाउने लगायतका कामहरु गरिने छ ।

मैदान मापदण्ड अनुसार बनाई आवश्यक फेन्सिङ लगाएर संरक्षण गर्नुपर्ने देखिएको छ । फेन्सिङ नहुदाँ असम्बन्धित व्यक्तिहरुको प्रवेशले समस्या सृजना हुदै आएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । फेन्सिङ नहुदाँ १३ औं दक्षिण एशियाली खेलकुद शुरु हुन भन्दा केही दिन अघि क्रिकेट पीचमै मोटरसाईकल कुदाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here