पोखरा(खेलाडी न्युज)-जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समिति पोखराले पोखरा महानगरपालिका र अन्य दुई गाँउपालिकामा २१ वटा खेलमैदान निर्माण गरेको छ । केही खेल मैदानको स्तरोन्नति गरिएको छ भने केहीको मैदान संरक्षण गर्दै सम्याउने काम गरिएको छ ।

राष्ट्रिय खेलुकद परिषदले एक निर्वाचन एक खेल मैदानको नीति अनुसार कास्कीको गाँउपालिका र महानगरपालिकामा गरी ३ करोड ४० लाखको योजना असार मसान्तभित्र पुरा गर्ने निर्देश गरेको थियो । त्यही निर्देश अनुसार २१ साना र ठूला योजनाहरुलाई उपभोक्ता निर्माण समिति मार्फत पुरा गरिएको हो । योजनाहरु कोही फुटबल मैदान, केही बास्केटबल तथा केही भलिबल र इण्डोर हलसम्मका छन् ।

परिषदले पोखरा महानगरपालिका भित्रका दुईवटा खेल मैदानलाई बजेट थप गर्दै महिला साग फुटबलको प्रशिक्षणस्थल बनाउने योजना बनाएको छ । त्यही अनुसार पोखरा महानगरपालिका १९ लामाचौरस्थित गोस्ते खेलमैदान र वडा नं २५ हेमजास्थित गौरीशंकर खेल मैदानलाई थप बजेट उपलब्ध गराएको छ । परिषदले आर्थिक वर्षभित्र स्तरोन्नति गर्ने गरी दुवै खेल मैदानलाई ५०÷५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । उपलब्ध बजेटबाट लामाचौरको गोस्ते खेल मैदानको वरिपरी प्यारापिट निर्माण गरिएको छ । गौरीशंकर खेल मैदानको भने मैदान सम्याई तारजालीसहित वरिपरी नाली(ड्रेन) निर्माण गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले सुनाए ।

यसै आर्थिक वर्षमा सक्ने गरी सार्दीखोलास्थित गैह्रखोर खेल मैदानको लागि १० लाख, अन्नपूर्ण गाँउपालिकाको बहादुरे माविको खेल मैदानको लागि १० लाख, पोखरा महानगरपालिका मालेपाटनस्थित बास्केटबल कोर्ट निर्माण गर्न ५ लाख, पोखरा २२ पुम्दीभुम्दीस्थित शुक्र माविको खेल मैदानलाई १०लाख, माछापुच्छ«े गाँउपालिकाको महेन्द्र माविको खेल मैदानलाई १५ लाख, अन्नपूर्ण गाँउपालिकाको धम्पुसस्थित पृथ्वीनारायण माविको खेल मैदानलाई १० लाख रुपैयाँ उपलब्ध गराइएको थियो ।

त्यसैगरी अन्नपूर्ण गाँउपालिकाकै बहाकोट आधारभूत खेलमैदानलाई १० लाख, पोखरा १६ बाटुलेचौरस्थित इण्डोर हलको लागि १० लाख, पुम्दीभुम्दीस्थित उल्लेरी खेल मैदानलाई ५ लाख रुपैयाँ बजेट छट्टाइएको थियो । यसैगरी घार्मीस्थित बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न ५० लाख रुपैयाँ उपलब्ध गराईएको थियो । पोखराको पुरानो टुडिखेल मैदान संरक्षणको लागि तारबार लगाउन १५ लाख, दिव्यदृष्टि क्लब हेमजाको खेल मैदान बनाउन १० लाख, बेगनास खेल मैदानको लागि १० लाख, अन्नपूर्ण–६ ढावा खेल मैदानलाई १० लाख, घान्द्रुक अल्टिच्युड खेल मैदानको लागि ग्याभिन गर्न १५ लाख, रामतहरा खेल मैदान घार्मीलाई १० लाख, पोखरा रंगशालाभित्रको आर्चरी खेल मैदानलाई १० लाख, व्याडमिन्टन कभर्ड हललाई १० लाख र क्रिकेट मैदानलाई १० लाख रुपैयाँ उपलब्ध गराईएको थियो ।

क्रिकेटलाई उपलब्ध गराईएको १० लाख रुपैयाँबाट पानीको पाईपिङ र माटो भर्ने काम गरिएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । घार्मीको बहुउद्देश्यीय कभर्ड हल र घान्द्रुकको अल्टिच्युड खेल मैदान दीर्घकालिन योजना हुन् । गोस्ते र गौरीशंकरलाई भने मंसिरमा हुने साग अघि नै तयार पार्ने योजना बनाईएको छ । मैदान तयार भईसकेको छ । दुवैमा आवश्यक व्यवस्थित चेन्जिङ रुमसहित शौचालय निर्माण गर्नुपर्ने खाँचो छ । त्यसको लागि युवा तथा खेलकुद मन्त्रालयले चालु आ.वको लागि १÷१ करोड उपलब्ध गराउने प्रतिबद्धता गरिसकेको छ । पोखरा महानगरपालिकाले पनि गोस्ते खेल मैदानको लागि नयाँ आर्थिक वर्षको लागि ५० लाख रुपैयाँ छुट्टाईसकेको छ ।

योजनाहरु असार मसान्तभित्र सक्ने गरी जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समिति मार्फत बजेट उपलब्ध गराईएको थियो । केही योजनाहरु पुरा भईसकेका छन् । केही खेल मैदान केवल मैदान संरक्षण गर्ने उद्देश्यीयसहित दीर्घकालिन योजना अनुसार प्राप्ट बजेटबाट पुरा गर्ने लक्ष्य राखिएको छ । ‘हामीले अनुगमन गरेरै विल अनुसारको भुक्तानी दिदैं छौं ।’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘केहीको काम सकिएको छ, केही अन्तिम दिनसम्म सकेर आउँदै छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here