पोखरा(खेलाडी न्युज)— “दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ्ग महिला तथा पुरुष च्याम्पियनशिप–२०७४” को उपाधि काठमाण्डौका गजेन्द्र वर्देवा प्रथम भएका छन । कास्कीका समिर विल्सन द्वितिय र तेश्रो कास्की पेन्टोलिन शेर्पा तृतिय भए । १४ वर्ष भन्दा मुनी उमेर समुह पुरुष तर्फ काठमाण्डौका धिरज परियार प्रथम, कास्कीका सुमित गुरुङ द्वितिय र कास्कीका राज कुमार तृतिय भए ।

महिला तर्फ काठमाण्डौका लोरिन राई र रेजिना मर्हजनले प्रतियोगितामा सहभागिता जनाए । उनीहरुले आफ्नो खेल पर्दशन गर्दै महिलाहरु समेत यस खेलमा आर्कषण रहेको सहभागिता गर्न सकिन्छ भन्ने सन्देश दिएका छन । बिजेता हरु प्रथम र द्वितियलाई क्रमश नगद ५ हजार २ हजार ५ सयका साथमा १० हजार पर्ने स्केट बोर्ड र तृतियलाई स्केटबोर्ड र प्रमाणपत्र प्रदान गरिएको थियो भने महिला सहभागीहरुलाई प्रोत्साहान स्वरुप नगद र स्केट बोर्ड प्रदान गरिएको नेपाल स्केटिङ्ग तथा स्केट बोडिङ्ग संघका अध्यक्ष अच्युत खनालले जानकारी दिएका छन ।

बिजेताहरुलाई नेपाल स्केटिङ्ग तथा स्केट बोडिङ्ग संघका अध्यक्ष खनाल, उपाध्यक्ष चुडामणी खरेल, सचिब रामचन्द्र कोइराला, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, कास्की स्केटिङ संघका उपाध्यक्ष सुनिल पिसी, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष लगाएतले नगद, प्रमाणपत्र र स्केटबोर्ड प्रदान गरेका थिए । नेपाल स्केटिङ्ग तथा स्केट बोडिङ्ग संघका अध्यक्ष खनालका अनुसार नेपालमा स्केट बोर्ड खेलको प्रवद्र्धन तथा खेलाडी उत्पादनका लागि संघले आफ्ना कार्यक्रमहरु अगाडी बढाएको बताउँदै सान २०२० मा जापानमा हुने ओलोम्पिक खेलमा नेपालका तर्फ बाट दुइ जना स्केट खेलाडीलाई वाइल्ड कार्ड इन्टरी मार्फत सहभागिता गराइने बताए । प्रतियोगितामा २० जिल्लाका १ सय जना खेलाडीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here