Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेश क्रिकेट टिम भ्रमणकारी टोली मलेसिया ११ सित १९२ रनले पराजित भएको छ । इनरुवामा आयोजित मनमोहन स्मृति एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार मलेसियाले दिएको २९९ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश टिम सस्तैमा समेटियो ।

अघिल्लो दिन सुदुरपश्चिमसँग लज्जास्पद हार व्यहोरेको गण्डकी प्रदेश मलेसियन टिमसँग समेत पुरा ओभर नखेल्दै आउट हुन पुग्यो । दुई खेलाडीले मात्रै दोहोरो अंकको स्कोर खातामा चढाउँदा अन्य बाँकी आठ व्याट्सम्यान भने सस्तै हतारिदैं पवेलियन फर्किए । गण्डकीले ४७ ओभरको खेलमा केवल २७.२ ओभर खेल्दै १०६ रन बनायो ।

स्पिनर विपिन खत्रीले ४२ रन हिर्काए । उनको घरेलु क्रिकेटमा यो नै सर्वाधिक स्कोर हो । ३७ बल खेल्दै २ चौका र ३ छक्का हिर्काए । विधान श्रेष्ठले दोहोरो अंकको रन छुने क्रममा १० रन मात्रै बनाए । अरु खेलाडी भने सस्तैमा आउट भए । टस जितेर व्याटिंग गरेको मलेसिया ११ ले आईनुल हकिमले ८९ रनको महत्वपूर्ण योगदान दिएपछि २९८ रनको विशाल योगफल तयार पार्यो ।

भुषण सेभ र भिरनदिप सिंहले अर्धशतक पुरा गरे । अमहेद फेजले ३१ रन बनाउँदा मोहम्मद आरिफले २० रन बनाए । गण्डकीका विपिन खत्रीले १० ओभर बलिग गर्ने क्रममा ५१ रन खर्चिएर ३ विकेट लिए । चन्द्र पौडेलले २ विकेट आफनो नाममा लेखाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here