Under Featured Image in News Page
sahara

पोखरा(खेलाडी न्युज)-रिक्त रहेको राष्ट्रिय खेलकुद परिषदको सदस्य पदमा पुर्व सदस्य राजेश गुरुङ नियुक्त भएका छन् । उनी दोस्रो पटक राखेपको बोर्ड सदस्यमा नियुक्त भएका हुन् । यस अघि उनी झण्डै एक दशकअघि परिषदको सदस्यमा नियुक्त भएका थिए । बोर्ड सदस्य गुरुङलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र जिल्ला खेलकुद बिकास समितिले बिहीबार स्वागत एवं सम्मान गरेको छ । मन्त्री परिषद द्वारा यहि कार्तिक २५ गतेको निर्णय अनुसार नियुक्त गरिएको थियो ।

नवनियुक्त परिषद बोर्ड सदस्य गुरुङले चौर्तफी रुपमा लथालिङ्ग भएको खेलकुदलाई सबैको सहकार्यमा माथी उठाउनु पर्ने बताएका छन । उनले भने–“म मा खेलकुदको स्पिरिट छ, खेलकुद बिकासका लागि जस्तो सुकै काम गर्न पनि पछि हट्नै छैन ।” उनले पोखरा रंगशालाको पूर्वाधार बिकासका लागि हिजोनै काठमाण्डौमा धेरै कुरा अगाडि बढिसकेको जानकारी गराउँदै आफ्नो कार्यकालमा रंगशालाको मुहार फेर्न आफ्नो भूमिका रहने बताए ।

गुरुङले अहिले पनि खेलाडीको अवस्था निकै नै नाजुक रहेको भन्दै खेलाडीलाई राज्यले दिने भन्दा पनि लुट्ने काम मात्रै भएको भन्दै आक्रोश पोखे । खेलकुद संघहरुमा नेतृत्वका लागि मात्रै हानथाप भएको र खेल बिकासका लागि बैचारिक नेतृत्व नहुँदा समस्या आएको बताउँदै उनले भने– “मलाई चिल्लो घस्न आउँदैन खेल र खेलाडीको अवस्था खस्किएको अवस्था छ, त्यो अवस्था सुर्धान र खेलाडीको क्षमता बढाउन के गर्ने भन्ने बारे सुझाब संकलन गर्नेछु ।”

उनले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पोखरामा पहिले भने जस्तै गरि ७ वटा प्रतियोगिताहरु आयोजना गराएरै छाड्ने प्रतिवद्धता समेत ब्यक्त गरे । कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले अन्य प्रदेश र क्षेत्रको तुलनामा गण्डकी प्रदेशमा खेलकुदको पूर्वाधार बिकास भइरहेको बताए । उनले भने–“पोखरामा कुनै पनि दक्षिण एशियाली स्तरको प्रतियोगिता आयोजना गर्न सकिने पूर्वाधार तयार हुँदैछन तर हाम्रो प्रमुख समस्या खेलाडी उत्पादन हो ।”

स्वागत कार्यक्रममा बोल्दै कास्की जिल्ला खेलकुद बिकास समतीका अध्यक्ष याम गुरुङले फुटबल प्यारापिट भत्काएर परिषदले निर्माण सुरु नगरेकोमा चिन्ता व्यक्त गर्दै भने–“अहिले केन्द्रले बजेट केन्द्रमा थन्काएर बन्दै गरेका पूर्वाधार समेत अपूर्ण छन ।” पोखरामा खेलकुदको अवस्थालाई सुर्धान खेलकुद संघ र प्रशिक्षकहरुको ठूलो जिम्मेवारी रहेको भन्दै उनले साग खेलकुदमा समेत पोखरामा आयोजन गर्ने भनिएका खेलकुद राजधानीमा नै सिमित गर्ने खिचातानी शुरु भएको प्रति आक्रोश समेत पोखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here