एजेन्सी(खेलाडी न्युज)-प्रिमियर लिगको सिजनकै शुरुवातमा दुई ठूला प्रतिस्पर्धाले निकै रोमाञ्चक बनायो । तर बाजी भने म्यानचेष्टर युनाईटेडले चेल्सीमाथि मार्यो । गएराती भएको प्रतिस्पर्धामा युनाईटेडले चेल्सीलाई ४-० गोलले पराजित गर्यो ।

नयाँ प्रशिक्षकत्वको जिम्मेवारी लिदैं लिग शुरु गरेका फ्रान्क लाम्पार्डको पहिलो चुनौतिलाई युनाईटेडले फराकिलो अन्तरले पन्छाउँदै गतिलो शुरुवात गर्यो । लिभरपुल, म्यानचेष्टर सिटी र युनाईटेडले भने फराकिलो अन्तरको जितसँगै ३-३ अंक खातामा जोडेका छन् ।

मार्कस रासफोर्डले पेनाल्टीबाट लिएको अग्रतालाई उनलै व्यक्तिगत दोस्रो गोल समेत गरे । १८ औं मिनेटमा रासफोर्डले पेनाल्टी मार्फत गोल गरेका थिए । मध्यान्तरपछिको ६७ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल थप्दै तेब्बर बनाए । तेस्रो गोल भने ६५ एन्थोनी मार्सियलले गोल गरेका थिए । अन्तिम गोल भने ८१ औं मिनेटमा डानियल जेम्सको नाममा लेखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here