एजेन्सी-रेफ्रीले खेल टुंगिएको अन्तिम सिठी फुक्नै लाग्दा च्याम्पियन्स लिगमाा लिभरपुलको दुर्भाग्य देखियो । च्याम्पियन्स लिग अन्तर्गत इटालियन क्लब नापोलीसँगको प्रतिस्पर्धामा अन्तिम मिनेटमा गोल खाँदै लिभरपुल पराजित हुन पुग्यो ।

९० औं मिनेटमा खेल टुंगिने संकेत तर्फ अगाडि बढ्दा लिभरपुलका फ्यानको धडकन एक पटक टक्क अडिनेगरी श्वास रोकियो । लोरेन्जो इन्साईनेले ९० औं मिनेटमा गोल गरेपछि लिभरपुललाई नापोलीले पराजित गर्दै तीन अंक जोड्यो ।

उता च्याम्पियन्स लिग अन्तर्गत अर्को इग्लिस क्लब टोटनह्याम हट्स्पर पनि बार्सिलोनासँग पराजित हुन पुग्यो । बार्साले टोटनह्यामलाई ४-२ गोलले पराजित गर्दा लियोनेल मेस्सीले दुई गोल हिर्काए । वेम्बलीमा सुरुवाती दुई गोलले खाएको टोटनह्यमले दोस्रो हाफमा पुनरागमनको संकेत देखायो । तर, मेस्सीको दुई गोलसँगै बार्सिलोना ४–२ गोलले विजयी भएको छ ।खेलमा बार्सिलोनाले दोस्रो मिनेटमा नै फिलिप काउटिन्होको गोलबाट अग्रता लिएको थियो । २८ औं मिनेटमा राकिटिकले गोल गरेपछि पहिलो हाफमा २–० ले अगाडि रह्यो ।

दोस्रो हाफको ५२ औं मिनेटमा गोल गर्दै ह्यारी केनले घरेलु टोलीलाई खेलमा फर्काउने संकेत गरे । तर, चार मिनेटपछि नै बार्सिलोनाका मेस्सीले गोल गरे ।खेलको ६६ औं मिनेटमा लामेलाले गोल गर्दै बार्सिलोनाको अग्रता ३–२ मा झारे । तर, निर्धारित समयको अन्तिम मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल हिर्काएपछि बार्सिलोनाको जित सुनिश्चित गर्दै तीन अंक जोडे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here