च्याम्पियन्स लिग, पिएसजी पराजित लिभरपुलको सुखद नजिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ३ गते २०७५ मा प्रकाशित


एजेन्सी-

एजेन्सी-च्याम्पियन्स लिगमा इग्लिस क्लब लिभरपुलले पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई ३-२ गोलले पराजित गर्दै पहिलो लेग सुखद शुरुवात गर्दा अर्को इग्लिस क्लब टोटनह्याम भने इन्टरनाईजोनलसँग पराजित हुन पुग्यो ।

लिभरपुलले पिएसजीमाथि सनसनीपूर्ण जित निकाल्दै अन्तिम १६ को लागि केही सहज बनाएको छ । डानियल स्टुरेजले खेलको ३० औं मिनेटमा गोल गर्दै लिभरपुलले शुरुवाती अग्रता लिएको थियो ।

जेम्स मिल्नेरले पेनाल्टीमार्फत अर्को गोल थपेपछि पिएसजी दुई गोलले पछि पर्यो । ४० औं मिनेटमा थोमन मुनरले गोल फर्काएपछि पिसएजीले पहिलो हाफमा अग्रतालाई केही कम गर्यो । ८३ औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याए । तर खेलको इन्जुरी समयमा रोबर्टो फिरमिनेले गोल गर्दै लिभरपुललाई महत्वपूर्ण तीन अंक दिलाए । इन्टरनाईजोनलसँग भने इग्लिस टोली टोटनह्याम हट्सपर २-१ गोलले पराजित हुन पुग्यो ।