Under Featured Image in News Page
sahara

पोखरा(खेलाडी न्युज) इग्ंिलस प्रिमियर लिगमा अपराजित यात्रालाई कायम राख्दै फराकिलो अंक जोड्दै उपाधि यात्रामा रहेको लिभरपुल च्याम्पिन्स लिगमा भने एथलेटिको मड्रिडसँग नतमष्तक बन्न पुग्यो ।

बुधबार विहान भएको प्रतिस्पर्धाको पहिलो लेगमा लिभरपुल एथलेटिको मड्रिडसँग १-० गोलले पराजित हुन पुग्यो । पराजयले लिभरपुलले प्रिमियर लिगमा आफनो अपराजित यात्रालाई च्याम्पियन्स लिगमा रोकियो । चौथो मिनेटमै साउल निगुयजले गोल गर्दै जितको हकदार बनाए ।

खेल टुंगिदाँ बलमाथिको नियन्त्रण लिभरपुल हावी थियो । ७३ प्रतिशत राख्दै एकपछि अर्को गोलको मुभ बनाउने प्रयास गरेपनि असफल हुदाँ अर्को चरणमा पुग्न स्पष्ट नजिताको लागि दोस्रो लेग कुर्नुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here