Under Featured Image in News Page
sahara

एजेन्सी-च्याम्पियन्स लिगमा पुरानै क्लबको दबादबलाई पन्छाउँदै नेदरल्याण्डी क्लब अजाक्सले सेमिफाईनलको पहिलो लेगको समीकरण टुग्याउँदा उसको हातबाट ईग्लिस क्लब टोटनह्याम हट्सस्पर नतमष्तक बन्न पुगेको छ ।

बुधबार विहान भएको खेलमा अजाक्ससँग १-० गोलले पराजित हुदैं च्याम्पियन्स लिगको सपनालाई अर्को लेगसम्म कुर्ने छ । पहिलो लेगमै स्तब्ध बन्न पुगेको टोटनह्याम हट्सपर भने केनको उपस्थितिमा रह्यो । केन प्रिमियर लिगमै घाईते भएका थिए ।

खेलको १५ औं मिनेटमा अजाक्सका डोनी भान डि बीकले गोल गर्दै जित दिलाए । प्रिमियर लिगमा पनि चौथो स्थानको लागि संघर्ष गरिरहेको टोटनह्यामले लिगको सेमिफाईनल तय गर्न म्यानचेष्टर सिटीलाई पराजित गरेको थियो । अजाक्सले रियल मड्रिड र युभेण्ट्सलाई पराजित गर्दै पुरानै क्लबको इतिहासलाई तोड्दै नयाँ इतिहास कायम गर्ने सम्भावना देखाउँदै अघि बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here