छैटौं ह्वीलचियर बास्केटबल शुरु, पोखरा र जावलाखेलको विजयी शुरुवात

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २० गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—आजदेखि पोखरा रंगशाला बास्केटल कोर्टमा ह्वीलचियर बास्केटकल प्रतियोगिता शुरु भएको छ ।
उदघाटन खेलमा पोखराले नेपालगन्जलाई १८—० स्कोरमा पराजित गर्दै सेमिफाईनलको सम्भावना प्रबल बनाएको छ । यसैगरी दोस्रो खेलमा जावलाखेल ह्वीलचियर स्पोर्टस क्लबले स्पाईनल कर्ड इन्ज्युरी स्पोर्टस एशोसियसनलाई ३६—१९ को स्कोरमा पराजित गरेको छ ।

अपांग खेलकुद समिति कास्की र स्वाबलम्बन जीपनपद्धति केन्द्र पोखराको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा नेपाल आर्मी, जवलाखेल ह्वीलचियर स्पोर्टस क्लब, स्पाईनल कर्ड इन्ज्युरी स्पोर्टस एशोसियसन, ह्वलीचिर स्पोर्टस एशोसियसन, नेपालगन्ज ह्वीलचियर खेलकुद संघ र आयोजक पोखराको टिमको सहभागिता रहेको छ ।
गोर्खा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको विजेताले नगद ४० हजार, उपविजेताले २५हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी पदक तथा प्रमाणपत्र पाउने छ । उत्कृष्ठ खेलाडी र सर्वाधिक बास्केट(स्कोरिङ गर्ने ) गर्ने खेलाडीलाई ट्रफी प्रदान गरिने छ ।

डिडा नेपाल, कास्की जिल्ला बास्केटबल संघको समन्वय र सहयोग गरेको छ । खेल लिगको आधारमा खेलाईएको छ । पोखरा रंगशालास्थित बास्केटलबल कोर्टमा आयोजना हुने प्रतियोगितालाई लुम्बिनी विकास बैंक, राष्ट्रिय खेलकुद परिषद, माछापुच्छ«े बैंक लगायत विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।