पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालामा भईरहेको कास्की जिल्लास्तरिय प्रथम सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगितामा छात्रतर्फ क्वाटरफाइनल र छात्रातर्फ सेमीफाइनल समीकरण पूरा भएको छ । बिहीबार जनप्रिय माविले शान्त माविलाई २५–५ र २५–१३ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा सुनिश्चित ग¥यो । बिहीबारै भएको अर्को खेलमा तालवाराही माविले सिद्ध माविलाई २५–२१ र २५–७ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल पुग्यो ।

छोरेपाटन माविले तालवाराही माविलाई २३–२५, २५–२० र २५–१८ ले पछि क्वाटरफाइनलको यात्रा तय ग¥यो । कालिका माविले सिद्ध माविलाई २५–१८ र २५–१४, राष्ट्रिय माविले गौरीशंकर मावि हेमजालाई २५–१५ र २६–२४, भद्रकाली माविले बहादुरे माविलाई २५–१६ र २५–१९, गौरीशंकर मणिलाल माविले छोरेपाटन माविलाई २५–२३ र २५–१८, शारदा माविले सिद्धवराह माविलाई २५–२० र २५–२१ तथा मेश्रम वराह मावि घान्द्रुकले भविष्य निर्माण माविलाई २५–२० र २५–१६ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल यात्रा सुनिश्चित गरे ।

गोगन माविले महेन्द्र माविलाई २०–२५, २५–१९ र २५–२३, लक्ष्मी माविले शिवशक्ति माविलाई १४–२५, २५–१४ र २५–२० तथा कालिका माविले विरेठाँटी माविलाई २५–१८, २०–२५ र २५–१५ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको प्रतियोगिता संयोजक बुद्ध सिंहले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार छात्रातर्फका सेमीफाइनल तथा छात्रतर्फका क्वाटरफाइनल र सेमीफाइनलका खेलहरु हुने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनका अनुसार शुक्रबार छात्रातर्फको सेमीफाइनलमा जनप्रिय मावि र छोरेपाटन मावि तथा बाल मन्दिर मावि र तालवाराही मावि फाइनल प्रवेशका लागि भिड्नेछन् ।

शुक्रबार छात्रतर्फका क्वाटरफाइनलका खेलहरुमा लक्ष्मी मावि र शारदा मावि, गोगन मावि र राष्ट्रिय मावि, कालिका माविले मेश्रम वराह मावि तथा भद्रकाली माविले गौरीशंकर मणिलाल माविसँग प्रतिष्पर्धा गर्नेछन् । क्वाटरफाइनल खेल सकिएलगत्तै छात्रतर्फका सेमीफाइनल खेलपनि शुक्रबारै हुने प्रतियोगिता संयोजक बुद्ध सिंहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here