पोखरा(खेलाडी न्युज)—शरद भेषवाकरले जिम्बावे विरुद्ध अर्धशतक पुरा गरेका छन् । उनले ४८ बल खेल्दै ६ चौकाको योगदानमा ५२ रन बनाए । ऐरीले भेषवाकरसँग ७४ रनको साझेदारी गरे। दिपेन्द्रसिंह ऐरीले २३ रनमा साथ दिईरहेका थिए ।नेपालले यतिबेला जवाफी व्याटिङ गरिरहेको छ । कप्तान पारस खड्काले व्यक्तिगत ४० रन बनई खेलिरहँदा सिकन्दर राजाको पहिलो ओभरको दोस्रो बलमा आउट भए । दिलिप नाथलाई केवल २ रनमा गुमाएको थियो ।

कप्तान खड्काले ३७ बल खेल्दै ८ चौका हिर्काएका थिए ।  नेपालले ३८१ रनको लक्ष्यको चुनौतिलाई पछ्याईरहेको छ । नेपालले पाँचौ विकेटको गुमाउँदै १८५ रनमा खेलिरहेको छ । ज्ञानेन्द्र मल्ल ३२, दिलिप नाथ २, पारस खड्का ४०, दिपेन्द्रसिंह ऐरी २३, शरद भेषवाहकर ५२ रनमा पवेलियन फर्किए । अहिले व्याटिङमा आरिफ शेख र रोहित कुमार पौडेल क्रिजमा छन् । सिकन्दर राजाले तीन विकेट लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here