पोखरा,(खेलाडी न्युज) —एक हप्तापछि हुने पोखरा क्रिकेट क्लब कप टी—२० प्रतियोगितालाई दि युनाईटेड गोल्डमार्ट प्रालिले मुख्य प्रायोजन गरेको छ । माघ २३ गतेदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने क्लबस्तरीय प्रतियोगिताले पहिलो पटक मुख्य प्रायोजन भेटेको हो । पोखरा रंगशालामा लेदरबल(ड्युज) टी—२० प्रतियोगिता गर्ने जनाएको छ । अघिल्लो वर्षमात्रै क्लबले विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरेको थियो ।

प्रालिका अध्यक्ष प्रितममान बुद्धाचार्य र क्लबका अध्यक्ष निकेश श्रेष्ठले मुख्य प्रायोजन सम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर गरे । विजेता टीमले नगद ४० हजार साथमा नगद, शिल्ड तथा प्रमाणपत्र, उपविजेताले २० हजार सहित नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ दि टुर्नामेन्टलाई ७५०० बराबरको क्रिकेट किट् प्रदान गरिनेछ । बेस्ट बलर, बेस्ट ब्याट्सम्यानले जनही पाँच हजार प्राप्त गर्नेछन् । हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने चन्द्रकुमार गुरुङले बताए ।

क्लबस्तरीय प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीलाई समेत टिममा समावेश गर्न पाउने क्लबका सदस्य चन्दकुमार गुरुङ(जिम्मी)ले बताए । उनका अनुसार नकाउटको आधारमा खेलाईने प्रतियोगितामा केवल आठ टिमको सहभागिता हुने अपेक्षा गरिएको छ । प्रतियोगिताको लागि आवश्यक आन्तरिक तयारी अन्तिम चरणमा छ । पोखरा क्रिकेट क्लब २०५१ सालमा स्थापित भएको हो । स्थापनाको २३ वर्ष पछि पोखराको क्रिकेटलाई उत्थान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको उनको भनाई थियोे । २०६० मा धरानमा सम्पन्न दर्शन स्मृति क्रिकेट प्रतियोगिताको उपाधि पिसिसी क्लबले नै जितेको थियो । क्लब चारवर्ष अघि जनकपुरमा आयोजित टी—२० प्रतियोगितामा समेत सहभागिता जनाई फर्किएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here