पोखरा(खेलाडी न्युज)-दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै टोटनह्याम हट्सपरले साविकको प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीसँग शनिबार राती बराबरी खेलेको छ । एक एक अंक बाड्ने क्रममा दुवैले २-२ गोलमा खेल टुग्याए ।

रहिम स्टरलिंगको गोलबाट अग्रता लिएको सिटीले तीनमिनेटपछि बराबरीमा खेल्न पुग्यो । २० मिनेटमा उनले गोल गरेका थिए । तर टोटनह्यामका लागि इरेक लामेलाले २३ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए ।

पहिलो हाफ हुनु अघि नै सिटीले फेरी गोल गर्दै अग्रता लियो । ३५ औं मिनेटमा सर्जियो अगुईरोले गोल गर्दै सिटीलाई अग्रता कायम गर्दै टोटमह्याममाथि दबाव बनाई राखे । तर दोस्रो हाफमा उत्कृष्ठ खेल पस्किने क्रममा ५६ औं मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्कियो। टोटमह्यामका लागि लुकास माउराले गोल गर्दै हारबाट जोगाए । सिटीसँग अंक बाड्ने अवस्थामा ल्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here