Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)- १३ औं साग अन्तरगत पोखरामा आयोजना हुने ट्रायथोलन खेलको प्रतिस्पर्धा अहिले केहीबेरमै शुरु हुदैंै छ । ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलङ्कका र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फ नेपालका नितेश मानन्धर र बशन्त थारु तथा महिला तर्फ सोनी गुरुङ्ग र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्ने छन् ।

खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साईकल र ५ किलोमिटर दौड पुरा गर्नेछन् । प्रतिस्पर्धाका लागि खेलाडीहरुको दर्ता, साईकल तथा खेलाडीहरुले लगाउने पोशाक परिक्षण गरिएको छ । त्यस्तै प्रतिस्पर्धामा खटिने निर्णायकहरुलाई टेक्निकल डेलिगेटले बिस्तृत जानकारी तथा खेलस्थलका बारेमा जानकारी प्रदान गरिसकिएको छ । खेललाई निश्पक्ष र सुरक्षित रुपमा सम्पन्न गर्न निर्णायकहरुलाई निर्देशन दिईएको छ ।

फेवातालमा हुने प्रतिस्पर्धाका लागि सम्पूर्ण तयारी भएको छ । खेलाडीहरुको लागि तालमा एकै साथ डाईभ गर्न मिल्ने प्लटुन नेपालमा पहिलो पटक प्रयोग गरिएको छ । दुई स्वर्ण पदकको छिनोफानो केही घण्टामै हुने छ । दोस्रो दिन दुवाथोलनको प्रतिस्पर्धा हुने छ भने अन्तिम दिन बुधबार मिक्स्ड ट्रायथोलन हुने छ । कुल ५ स्वर्णको लागि प्रतिस्पर्धा हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here