Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-पोखरा(खेलाडी न्युज) राष्ट्रिय खेलकुद परिषदको ५६ औं वार्षिकोत्सवको अवसरमा विभिन्न जिल्लाका कर्मचारीलाई सम्मान गरेको छ ।

पोखरा रंगशालास्थित जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिमा प्रशासनिक क्षेत्रमा कार्यरत नायब सुब्बा डिबी नेपाली(डम्बरबहादुर नेपाली)लाई परिषदले सम्मानपत्रसहित सम्मान गरेको हो । उनलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा लगायतले सम्मानपत्रबाट सम्मानित गरेका हुन् ।

नेपाली २३ वर्षदेखि राष्ट्रिय खेलकुद परिषदमा प्रशासनिक क्षेत्रमा सेवारत हुन् । सोलुखुम्बुमा जन्मिएका उनलाई समग्र खेलकुद विकासमा पुर्याएको योगदानका कदर गर्दै उत्कृष्ठ परिषद सेवा पुरस्कारबाट सम्मानित गरिएको हो । उनीसहित अन्य ६ जनालाई सम्मान गरिएको थियो । उनी अहिले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरामा कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here